डोनाल्ड ट्रम्पविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

डिसी नेपाल
२५ पुष २०७७ १०:३३

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । आफ्नो राष्ट्रपतिको कार्यकालको अन्तिम समयमा आएका राष्ट्रपति ट्रम्पको एकतातिर संसद भवन क्यापिटल हिलमा भएको आक्रमणका कारण विश्वभरी आलोचना भइरहेको छ भने अर्कोतर्फ पदमुक्त हुने समयमा उनीमाथि फौजदारी अभियोग लाग्न थालेका छन् ।

सिएनएनका अनुसार इराकको बगदादस्थित अनुसन्धानात्मक अदालतले गत वर्ष बगदादमा इरानको रिभोल्युशनरी गार्ड कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको हत्या गर्ने क्रमममा इराकी सैनिक अधिकारीको पनि हत्या गरेको अभियोगमा ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

मेजर जनरल कासिम सुलेमानीको हत्या अभियोगमा इरानले यसअघि नै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । इरानले पक्राउ पुर्जी अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा पठाइसकेको छ । गत वर्ष अमेरिकी ड्रोन आक्रमणमा बगदादमा इरानी मेजर जनरल सुलेमानी र इराकी मिलिशियाका शीर्ष नेता अबु महदी अल मुहंदिसको एकसाथ मृत्यु भएको थियो । सुलेमानीको हत्या अभियोगमा इरानले र मुहंदिसको हत्या अभियोगमा इराकले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *