डोनाल्ड ट्रम्पले परमाणु आक्रमण गर्ने चिन्ता, हतियारको पहुँचबाट टाढा राख्न आग्रह

काठमाडौं। अमेरिकाको संसद भवन क्यापिटल हिलमा भएको हिंसापछि तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले डोनाल्ड ट्रम्पले परमाणु हतियारको दुरुपयोग गर्न सक्ने आशंका व्यक्त गरेकी छिन् । पेलोसीले ट्रम्पले तत्काल राष्ट्रपति पद त्याग्नुपर्ने माग पनि गरेकी छिन् । पेलोसीले आफूले यस सम्बन्धमा अमेरिकी सेनाका ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेसँग कुरा गरेको पनि बताएकी छिन् ।

पेलोसीले मार्क मिलेसँग ‘सन्काहा’ ट्रम्पलाई सैन्य एक्सन र परमाणु आक्रमणको आदेशबाट टाढा राख्न भनेकी छिन् । पेलोसीले यस सम्बन्धमा ड्मोक्रेटिक सांसदहरुलाई लेखेको पत्रमा आफूले मार्क मिलेसँग ट्रम्पसँग भएका न्यूक्लियर कोडका विषयमा कुरा गरेको बताएकी छिन् । न्यूक्लियर कोडबाट अमेरिकी राष्ट्रपतिले परमाणु आक्रमण गर्ने आदेश दिन्छन् ।

ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउने माग दोहोर्याउँदै पेलोसीले यस्ता अस्थिर दिमाग भएका राष्ट्रपतिको स्थिति योभन्दा खतरनाक हुन नसक्ने बताएकी छिन् । पेलोसीले जतिसक्दो छिटो ट्रम्पलाई पदबाट हटाउने कार्यवाही सुरु हुने अपेक्षा पनि व्यक्त गरेकी छिन् । ५० वर्ष पहिले राष्ट्रपति रिचर्ड निक्सनलाई पदबाट राजीनामा दिन बाध्य पारिएको स्मरण गर्दै पेलोसीले अहिले ट्रम्पले पनि त्यस्तै खतरनाक राजद्रोहको काम गरेको बताइन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो