शारीरिक सम्बन्धका क्रममा युवतीले हातखुट्टा कुर्सीमा बाँधिदिँदा युवकको मृत्यु

काठमाडौं। शारीरिक सम्बनधको क्रममा युवतीले हातखुट्टा कुर्सीमा बाँधिदिँदा २८ वर्षका एक युवकको मृत्यु भएको छ । समाचार एजेन्सी एएनआइका अनुसार ती महिला विवाहित भएको एक पुलिस अधिकारीले बताएका छन् । यी दुईको विगत ५ वर्षदेखि प्रेमसम्बन्ध रहेको बताइएको छ । घटना भारतको नागपुरको हो । बिहीबार उनीहरु साथमा रात बिताउन एउटा लजमा बसेका थिए ।

रिपोर्टअनुसार नागपुरको खापरखेडामा एक लजमा शुक्रबार युवक मृत फेला परेका थिए । रातमा शारीरिक सम्बन्धको क्रममा महिलाले नाइलनको डोरीले युवकका हात–खुट्टा कुर्सीमा बाँधिदिएकी थिइन् । धेरै मजा हासिल गर्न भन्दै महिलाले अर्को एउटा डोरी युवकको घाँटीमा पनि बाँधिदिएकी थिइन् । यसरी पार्टनरमाथि हावी हुने यौन क्रियाकलाप पछिल्लो समय प्रचलनमा आएको छ । यसलाई बीडीएसएम भनिन्छ ।

पुलिस अधिकारीका अनुसार शारीरिक सम्बन्धपछि युवकलाई बाँधिएकै अवस्थामा छाडेर महिला बाथरुम गएकी थिइन् । महिला बाथरुम गएपछि युवक बाँधिएको कुर्सी ढल्यो र उनको घाँटीमा बाँधिएको डोरी कसियो । महिला फर्किंदा युवकलाई भुइँमा अचेत अवस्थामा देखेपछि तत्कालै रुम सर्भिसको सहयोग मागिन् र उनको डोरी फुकाइयो । यस क्रममा पुलिस पनि घटनास्थल पुग्यो ।

घटनापछि पुलिसले महिलालाई सोधपुछका लागि हिरासतमा लिएको छ । युवकको शवलाई पोस्टमार्टमको लागि पठाइएको छ । पुलिसका अनुसार महिलाले आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेकी छिन् । सर्वोच्च अदालतको एक फैसलापछि २०१८ देखि भारतमा विवाहेतर सम्बन्धलाई अपराध मानिँदैन । पुलिसले दुर्घटनाको केस दर्ता गरेको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो