बेलायती महारानी एलिजावेथ र प्रिन्स फिलिपलाई कोरोनाको खोप लगाइयो

डिसी नेपाल
२५ पुष २०७७ २२:५२
120
Shares

लण्डन (एजेन्सी)। बेलायती महारानी एलिजावेथ र उनका श्रीमान प्रिन्स फिलिपलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ। बर्किघम प्यालेसका अनुसार महारानी एलिजावेथले आफूहरुले कोरोनाको खोप लगाएको सार्वजनिक गर्न चाहेकी थिइन्। उनले कोरोनाविरुद्धको खोपबारेका भ्रम चिर्न पनि यो जानकारी सार्वजनिक गरेको बताइएको छ।

महाराजी एलिजावेथ ९४ वर्षकी भइसकेकी छन् भने फिलिप ९९ वर्षीय हुन्। हालसम्म बेलायतमा १५ लाख मानिसहरुलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। अमेरिकामा बनेको फाइजर खोप उपयोग गर्न अनुमति दिने बेलायत पहिलो मुलुक हो। हाल बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण तिब्ररुपमा बढेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *