प्रेम विवाह गरेपछि युवतीका परिवारले पहिले छोरी मारे, प्रेमीलाई बलात्कार गरेर मारे

काठमाडौं। प्रेम विवाह गरेका एक जोडीलाई युवतीका परिवारले फकाएर घरमा बोलाइ विभत्स तरिकाले हत्या गरेका छन् । टर्कीकी ती युवतीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए । तर, उनले यो विवाह अस्वीकार गरेर प्रेमीसँग भागेकी थिइन् । पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्याको पार्टीमा बोलाएका थिए । निम्तो पाएपछि आएकी छोरीलाई परिवारले हत्या गरेको र उनका प्रेमीलाई बलात्कारपछि हत्या गरेको डेलीमेलले जनाएको छ

घटना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो । २४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए । युवतीले भने त्यो विवाह गर्न अस्वीकार गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन् । परिवारले उनीहरुको खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन् । जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए ।

आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए । स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको थियो । उनका प्रेमीलाई बलात्कार गरेर घाँटी थिचेर मारिएको थियो । उनीहरु दुबैलाई हत्यापछि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा रगत नलागोस् । हत्यापछि दुवैको शवलाई गाउँबाहिर लगेर खाल्डोमा गाडिएको थियो ।

सेलिकको परिवारले छोरा हराएपछि पुलिसलाई खबर गरेका थिए । अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हिरासतमा लिएको थियो । सोधपुछका क्रममा परिवारले आफूहरुले हत्या गरेको स्वीकार गर्दै गाडिएका शव देखाएका थिए । पुलिसका अनुसार शव बरामद भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई पक्राउ गरिएको छ । थप अनुसन्धान जारी रहेको पुलिसले बताएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो