बलिउड अभिनेत्री अनुष्का शर्माले छोरी जन्माइन्
मुम्बइ। बलिउड नायिका अनुष्का शर्माले सोमबार अपरान्ह छोरीलाई जन्म दिएकी छिन्। उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा छोरी जन्माएकी हुन्। उनका श्रीमान् तथा भारतीय क्रिकेट खिलाडी विराट कोहलीले आफ्नो सोसल मिडियामार्फत् यसबारे जानकारी दिएका हुन्।
— Virat Kohli (@imVkohli) January 11, 2021
यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘आज दिउँसो हाम्रो छोरी जन्मिएको जानकारी दिन पाउँदा हामी अत्यधिक खुसी भएका छौं। तपाईंहरुको प्रेम र मंगल कामनाका लागि हामी अत्यन्त आभारी छौं। अनुष्का र हाम्री छोरी दुबै ठिक छौं र हामीले हाम्रो जीवनको यो नयाँ अध्याय अनुभव गर्ने मौका पायौं, यो हाम्रो सौभाग्य हो। हामीलाई आशा छ, यतिबेला तपाईंहरुले हाम्रो गोपनियताको सम्मान गरिदिनु हुनेछ।’
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment