साइकल चलाउँदा अप्ठ्यारोमा फसे बेलायती प्रधानमन्त्री

डिसी नेपाल
२८ पुष २०७७ ११:४४
5.1k
Shares

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसन साइकल चलाउँदा अप्ठ्यारोमा फसेका छन् । आइतबार आफ्नो निवास डाउनिङ स्ट्रिटबाट सात माइल टाढा क्विन एलिजाबेथ पार्क पुगेर साइकल चलाइरहेका जोनसनको निवास नं. १० ले उनी किन त्यसरी गएका थिए भन्नेबारे विस्तृतमा बताउन अस्वीकार गरेपछि प्रधानमन्त्री दबाबमा परेका हुन् । स्ट्रानफोर्डमा रहेको पार्कमा जोनसन आइतबार दिउँसो २ बजे आफ्ना सुरक्षाकर्मीसहित साइकल चलाउँदै गरेका देखिएका थिए ।

एक डाउनिङ स्ट्रिट स्रोतले प्रधानमन्त्रीले त्यहाँ नियमभित्र रहेर व्यायाम गरिरहेको बताउँदै योभन्दा बढी जानकारी दिन अस्वीकार गरेको द गार्डियनले जनाएको छ । स्रोतले जोनसन निवासबाट पार्कसम्म साइकल चलाउँदै पुगेका हुन् वा साइकललाई कारमा राखेर लगिएको थियो भन्ने पनि बताउन अस्वीकार गरेको छ । ‘प्रधानमन्त्रीले कोरोना गाइडलाइन पालना गर्नुहुन्छ । व्यायाम गर्नको लागि कहीँ कारमा जानु नियम उल्लंघन हो भनेर गाइडलाइनमा उल्लेख छैन । नियमले आफ्नो स्थानीय क्षेत्र नछोड्न मात्र भन्छ’ स्रोतले भन्यो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *