राष्ट्रिय सम्मानको लागि स्वदेश फर्किएर उद्यम गरिरहेकालाई आवेदन माग

डिसी नेपाल
२८ पुष २०७७ १५:४६
64
Shares

काठमाडौं। वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका उद्यमीलाई राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि आवेदन माग गरिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन तथा रोजगारीमा योगदान गरिरहेका उद्यमीहरुको योगदानको कदर गरी स्वरोजगारीलाई प्रोत्साहन गर्न सम्मानको लागि आवेदन माग गरेको हो।

आवेदन आगामी माघ १९ गतेभित्र मन्त्रालयको रोजगार समन्वय तथा सूचना शाखामा दर्ता गराउन वा स्क्यान गरी इमेल ठेगाना [email protected] मा पठाउन मन्त्रालयले आग्रह गरेको छ । श्रमिक भीसामा विदेश गई कम्तिमा पनि एक वर्ष काम गरी फर्किएको नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। विगत पाँच वर्षभित्र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट यस प्रकारको पुरस्कार प्राप्त गरेकाहरुले भने आवेदन दिन सक्ने छैनन्।

नेपाली नागरिकताको प्रतिलिपि, श्रम स्वीकृतिको प्रतिलिपि, भीसासहितको राहदानीको प्रतिलिपि आवेदनसँगै पेश गर्नु पर्ने छ। त्यसैगरी, व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि, कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, आव ०७६/७७ को करचुक्ता प्रमाणपत्रका प्रतिलिपि र यसअघि पुरस्कार प्राप्त नगरेको स्वघोषणासहित आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ। साथै, आवेदनको फारम मन्त्रालयको वेबसाइट www.moless.gov.np बाट डाउनलोड गर्न सकिने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *