भएजति सम्पत्ति बेचे, जागिर छोडे, स्कुल बसलाई घर बनाएर त्यहीँ बस्न थाले

डिसी नेपाल
२८ पुष २०७७ १५:०९

काठमाडौं। अमेरिकाको एक परिवारले आफ्नो ४ बेडरुमसहितको घर र आफ्नो सबै सम्पत्ति बेचेर एक सकुल बसमा बस्न थालेका छन् । फ्लोरिडाको यो परिवारले १४०० वर्गफिटमा फैलिएको घर बेचे । पति पत्नी दुवैले जागिर छोडे र फरक किसिमको जीवनशैली अपनाउने निर्णय गरे ।

डेलीमेलका अनुसार ३२ वर्षका ज्याक र उनकी पत्नी गियानालाई यात्राको सोख छ । २०१६ मा यी दुईले बिहे गरेका थिए । यही वर्षै उनहिरुकी छोरी जन्मिएकी थिइन् । ज्याक र गियानाले विश्वभर घुम्ने आफ्नो चाहना पूरा गर्न चाहन्थे । यही कारण उनीहरु लगातार केही फरक गर्ने सोचिरहन्थे । २ वर्षपछि उनीहरुले परम्परागत जीवनशैली छोड्ने निर्णय गरे ।

२०१८ मा यो जोडीले एक अनलाइन समुदायको बारेमा थाहा पाए । यो यस्ता मानिसहरुको समुदाय हो जो आफ्नो ९ देखि ५ को अफिस जीवन छोडेर क्याम्प भ्यानमा बस्छन् । त्यहीँबाट काम गर्छन् र यात्रा गर्छन् । ज्याक र उनकी पत्नी यो समुदायमा सामेल भए । उनीहरुले घर, कार बेचे । त्यो पैसाले सेकेण्ड ह्याण्ड मार्सिडिज बेन्ज किने र यसलाई घरमा परिणत गरे । २०१८ को अन्त्यमा उनीहरु फ्लोरिडाबाट हिँडे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *