एनआरएनएको विशेष महाधिवेशनमा भाग लिन २६ सय ३८ जनाले भरे फारम

डिसी नेपाल
२८ पुष २०७७ १६:५१

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशनमा प्रतिनिधि हुनका लागि २६ सय ३८ जनाले फारम भरेका छन्। जुममार्फत् हुन लागेको संघको विशेष महाधिवेशनमा प्रतिनिधि बन्न इच्छुकहरुलाई आवेदन दिन गरिएको जनवरी १० सम्मको आह्वानमा सो संख्याले फारम भरेका हुन्।

संघले यहि जनवरी १० सम्म प्रतिनिधि हुनको लागि गत अक्टुबर २०१९ महाधिवेशनका सम्पूर्ण प्रतिनिधि र नयाँहरुको लागि समेत फर्म भर्न म्याद दिइएको थियो। म्यादको अन्तिम दिन अर्थात् जनवरी १० सम्म २६ सय ३८ जनाले प्रतिनिधि हुनको लागि फर्म भरेको एनआरएनले जनाएको छ।

प्राप्त फर्मका प्रतिनिधिहरुको विवरणसहित सम्पूर्ण राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुलाई प्रमाणीकरणको लागि पठाइएको छ। संघले एनसीसीहरुबाट प्राप्त प्रमाणीकरण गरिएका प्रतिनिधिहरुको दाबी– विरोध सहित भएको अन्तिम लिष्ट आगामी बैठकले पास गरेपछि सार्वजनिक गर्ने जनाएको छ।

महाधिवेशन प्रतिनिधिका लागि फारम भरेकाहरुमा अष्ट्रेलियाबाट एक सय ९०, अष्ट्रियाबाट ६२, बहराइनबाट ५३, बेल्जियमबाट एक सय २३, क्यानडाबाट सय, चीनबाट २३, साइप्रसबाट २३, चेक रिपब्लिकबाट ३०, डेनमार्कबाट ७५, फिनल्याण्डबाट ६, फ्रान्सबाट ३२, हङकङबाट ९१, आयरल्याण्डबाट ४८, इजरायलबाट पाँच, इटालीबाट १०, जापानबाट एक सय २०, केन्याबाट एक, दक्षिण कोरियाबाट एक सय २८ जना रहेका छन्।

त्यस्तै, कुवेतबाट एक सय २३, लक्जम्वर्गबाट पाँच, मकाउबाट ९७, मलेसियाबाट ३३, माल्टाबाट १०, नेदरल्याण्डबाट ५३, न्यूजिल्याण्ड एक सय ४२, नाइजेरियाबाट दुई, नर्वेबाट ३५, ओमानबाट १८, पोल्याण्डबाट २२, पोर्चुगलबाट एक सय पाँच, कतारबाट एक सय १६, रसियाबाट ६२, साउदी अरेबियाबाट एक सय ६, सिसेल्सबाट पाँच, साउथ अफ्रिकाबाट दुई, स्पेनबाट ६६, स्वीडेनबाट १३, स्वीजरल्याण्डबाट १५, तान्जानियाबाट एक, थाइल्याण्डबाट दुई, यूकेबाट एक सय ६७, अमेरिकाबाट एक सय ८०, युएईबाट ६०, युगाण्डाबाट पाँच, भियतनामबाट तीन, जाम्बियाबाट दुई, अष्ट्रियाबाट ६२, जर्मनीबाट ६८ र आयरल्याण्डबाट ४८ जना गरी जम्मा २६ सय ३८ जना रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *