युरोपका देशहरुले अमेरिकी विदेशमन्त्रीसँग भेट्न मानेनन्, अन्तिम समयमा भ्रमण रद्द

डिसी नेपाल
२९ पुष २०७७ १०:२९

काठमाडौं। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अन्तिम समयमा आफ्नो युरोप भ्रमण रद्द गरेका छन् । पोम्पियो मंगलबार युरोपका लागि उड्ने कार्यक्रम थियो । लक्जेम्बर्गका विदेशमन्त्री तथा कैयौं शीर्ष युरोपियन युनियनका अधिकारीहरुले उनीसँग भेट्न अस्वीकार गरेपछि पोम्पियोको भ्रमण रद्द भएको रोयटर्सले जनाएको छ

रोयटर्ससँग कुरा गर्दै यस विषयसँग सम्बद्ध व्यक्तिहरु र कूटनीतिज्ञहरुले खबरको पुष्टि गरेका छन् । पोम्पियोले पहिले लक्जेम्बर्गका विदेशमन्त्रीसँग भेट्ने र त्यसपछि बेल्जियमको ब्रसेल्स जाने कार्यक्रम थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद भवन क्यापिटल हिलमा आक्रमण गरेको पृष्ठभूमिमा युरोपेलदी देशहरुले अमेरिकालाई अप्रत्याशित झट्का दिएका हुन् । पोम्पियो ट्रम्पका निकट सहयोगी मानिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *