अमेरिकी राष्ट्रपतिलाई बर्खास्त गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित

डिसी नेपाल
२९ पुष २०७७ ११:०१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संविधानको २५ औं संशोधन प्रयोग गरेर बर्खास्त गर्न उपराष्ट्रपतिलाई पठाउने प्रस्ताव अमेरिकाको प्रतिनिधिसभाले बहुमतले पारित गरेको छ । अमेरिकी संसदमा गत हप्ता भएको हिंसाको जिम्मेवार राष्ट्रपति भएको ठहर गर्दै प्रतिनिधिसभाले उनलाई बर्खास्त गर्नुपर्ने प्रस्ताव पारित गरेको हो । मेरिल्याण्डकी डेमोक्रेटिक सांसद जेमी रास्किनले प्रस्ताव प्रतिनिधिसभामा पेश गरेकी थिइन् ।

उपराष्ट्रपति माइक पेन्सले भने आजै प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीलाई एक पत्र पठाउँदै राष्ट्रपतिलाई २५ औं संशोधन प्रयोग गरेर बर्खास्त गर्न अस्वीकार गरेका छन् । यससँगै अब सांसदहरुले राष्ट्रपतिलाई दोस्रो पटक महाअभियोग लगाउनेतर्फ अघि बढ्नुपर्नेछ । प्रतिनिधिसभामा महाअभियोगको प्रस्तावमाथि नेपाली समयअनुसार आजै राति मतदान गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *