इण्डिगो एयरलाइन्सका म्यानेजरको गोली हानी हत्या

डिसी नेपाल
२९ पुष २०७७ ११:१५

काठमाडौं। बिहारको राजधानी पटनामा इण्डिगो एयरलाइन्सका स्टेशन म्यानेजर रुपेश कुमार सिंहको गोली हानी हत्या गरिएको छ । मोटरसाइकलमा आएका अपराधीहरुले उनलाई गोली हानेको समाचार एजेन्सी एएनआइले जनाएको छ । गोली लागेर घाइते भएका रुपेशको उपचारको क्रममा मृत्यु भएको हो ।

विमानस्थलबाट घर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको बताइएको छ । आरजेडी नेता तेजश्वी यादवले घटनाप्रति दुःख व्यक्त गर्दै राज्य सरकारमाथि आपराधिक घटना रोक्न नसकेको आरोप लगाएका छन् । बिजेपी नेता विवेक ठाकुरले घटनालाई दुखद र गम्भीर भन्दै पुलिसले छिटै अनुसन्धान पूरा गर्नुपर्ने वा सीबीआइलाई सुम्पिनुपर्ने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *