कुवेतमा कार्यरत एक नेपाली महिलाको मृत्यु

डिसी नेपाल
२९ पुष २०७७ १३:०३

काठमाडौं। कुवेतमा लामो समयदेखि घरेलु कामदारको रुपमा कार्यरत एक नेपाली महिलाको मृत्यु भएको छ। काँकडा–१ चुरियामाइ, मकवानपुर घर भएकी सरिता थिङको कुवेतको आदान अस्पातलमा उपचारको क्रममा मृत्यु भएको हो।

ग्यास्ट्रिक बिग्रिएर अल्सर भएपछि अस्पातल भर्ना भएकी थिङको यहि जनवरी १० तारिखका दिन मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वितिय सचिव श्रीकृष्ण सिलवालले ग्यास्ट्रिक बिग्रिएर अल्सर भैसकेकी सरिताको आदान अस्पातलमा उपचारको क्रममा मृत्यु भएको र उनको रेकर्ड हेर्दा उनीविरुद्ध दुई वर्षअघि घरबाट भागेको(रनवे) केश परेको देखिएको बताए।

रेकर्डमा उनी भारतीय बाटो हुँदै कुवेत पुगेर अवैधानिक रुपमा लुकेर काम गर्दै आएको देखिन्छ। नेपाली राजदूतावास कुवेतका अनुसार थिङ दुई वर्षअघिदेखि अवैधानिक हैसियतमा रहेकी छन्। उनी आफूले काम गर्दै आएको घर छोडेर भागेकी थिइन्।

दूतावासले नेपालमा रहेका मृतकका आफन्तसँग सम्पर्क भएको र शव पठाउने सन्दर्भमा कानूनी प्रकृया सुरु गरिएको जनाएको छ। तर, सरिता स्पोन्सरबाट भागेको र श्रम नगरि आएका कारण शब नेपालसम्म पुर्याउन लाग्ने खर्च जुटाउन समस्या परिरहेको दूतावासले जनाएको छ।

दूतावासले मृतकको परिवारसँग सम्पर्क भएको र लाश पठाउने सन्दर्भमा कानुनी प्रकृया सुरु भएको समेत जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *