ब्रेक्जिटका कारण नेदरल्याण्ड सीमामा बेलायतबाट आउनेहरुको खानेकुरा खोसिँदै

डिसी नेपाल
२९ पुष २०७७ १६:०५

काठमाडौं। ब्रेक्जिटपछि बेलायतबाट नेदरल्याण्ड आउने गाडीका चालकहरुले साथमा ल्याएका स्याण्डविच लगायत अन्य खानेकुरा सीमा अधिकारीहरुले खोस्न थालेका छन् । नेदरल्याण्डको एक टेलिभिजन रिपोर्टको भिडियोमा एक ड्राइभरले साथमा ल्याएको ह्याम स्याण्डविच सीमा अधिकारीले खोसेको देखिएको छ । ती सीमा अपिधकारीले ठट्टा गर्दै भनेका छन् – ‘ब्रेक्जिटमा स्वागत छ सर ।’

ब्रेक्जिटपछि बेलायत सरकारले युरोपेली युनियनका देशहरुमा जाने ड्राइभरहरुका लागि जारी गरेको गाइडलाइनमा जनवरी १ देखि जनावरको स्रोतबाट बनेका खानेकुरा लैजान नपाइने बताएको छ । यसको अर्थ मासु वा दूधजन्य पदार्थबाट बनेका खानेकुरा युरोपेली संघका देशमा लैजान पाइँदैन । यसले बेलायत र युरोपेली संघका देशहरुबीच खानेकुरा आपूर्तिमा समस्या भएको छ ।

स्कटल्याण्ड फूड एण्ड ड्रिंकका प्रमुख कार्यकारी जेम्स विथर्सका अनुसार क्रस बोर्डर व्यापार व्यवस्थित गराउनका लागि बनाइएका नयाँ प्रणाली असफल भएका छन् । युरोपियन युनियनमा आफ्ना खानेकुरा निर्यात गरिरहेका निर्यातकर्ताहरुको लागि तत्कालै आकस्मिक सहयोग आवश्यक परेको बताउँदै उनले बेलायतका सीफूड फर्महरु बन्द हुने जोखिममा रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *