४१ सय पीसीआर परिक्षण गर्दा ४४५ जनामा कोरोना, मृतकको संख्या १९ सय ३७

डिसी नेपाल
२९ पुष २०७७ १६:३८

काठमाडौं । वुधबार  नेपालमा ४ हजार १ सय ५४ पीसीआर परिक्षण गर्दा थप ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४१४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९३७ पुगेको छ।

यस्तै हालसम्म २३७ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म १९ लाख ९७ हजार ९ जनाको पीसीआर परिक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *