इजरायली लडाकु विमानद्वारा सिरियामा आक्रमण, दर्जनौ मारिए

डिसी नेपाल
२९ पुष २०७७ १९:२७
1.3k
Shares

लण्डन (एजेन्सी)। इजरायली लडाकु विमानले सिरियामा आक्रमण गरेका छन्। बीबीसीका अनुसार ईरानसँग सीमा जोडिएको क्षेत्रमा इजरायली लडाकु विमानले आक्रमण गरेका थिए।

लण्डनस्थित सिरियन अब्जरभेटिभ समूहका अनुसार पछिल्लो दुई हप्तामा इजरायली लडाकु विमानले ४ पटक आक्रमण गरेका छन्। सो आक्रमणमा ६ जना सिरियाली सरकारी सेना र ३१ जना अन्य लडाकु मारिएको जनाइएको छ।

तर यो आक्रमणमो पुष्टि इजरायलले गरेको छैन। तर, यो आक्रमण इजरायल नै गरेको दावी गरिएको छ। ईरानले समर्थन गर्दै आएको लडाकु समूहमाथि इजरायलले आक्रमण गरेको जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *