अमेरिकामा ७० वर्षपछि एक महिलालाई मृत्युदण्ड दिइयो

डिसी नेपाल
२९ पुष २०७७ १९:५७

वाशिङ्टन (एजेन्सी)। अमेरिकामा एक महिलालाई मृत्युदण्ड दिइएको छ। अमेरिकाको इण्डियाना राज्यको एक जेलमा जघन्य अपराधमा दोषी ठहर भएकी ५२ वर्षीया लीसा मोन्टगोमरीलाई मृत्यु दण्ड दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

समाचार अनुसार २००७ मा लीसालाई अदालतले दोषी ठहर गर्दै मृत्यु दण्डको सजाय दिएको थियो। यसअघि पनि लीसाको मृत्युदण्ड सजाय कार्यान्वयनको तयारी हुँदा दुई पटक रोकिएको थियो। तर, यो पटक भने उनलाई विषालु इन्जेक्शन दिइएको जनाइएको छ।

अमेरिकामा यसअघि १९५३ मा मिसोरी राज्यमा एक महिलालाई मृत्युदण्ड दिइएको थियो। त्यसपछि महिलालाई मंगलबार मृत्युदण्ड दिइएको हो। लीसाले २००४ मा एक गर्भवती महिलाको हत्या गरी पेट चिरेर बच्चा निकालेर सो बच्चाको अपहरण गरेकी थिइन्। मृत्युदण्ड दिइएपछि लीसाकी वकीलले एक मानसिक अवस्था ठिक नभएकी महिलालाई मृत्युदण्ड दिइएको भन्दै यो सजाय दिलाउने सबैले लाज मान्नुपर्ने प्रतिक्रिया दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *