परराष्ट्रमन्त्रीद्वारा जनवरी २३, २४ मा हुने एनआरएनए विशेष महाअधिवेशनको उद्घाटन गरिने
काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को विषेश महाअधिवेशनको उद्घाटन गर्ने भएका छन्। मन्त्री ज्ञवालीले जनवरी २३ र २४ तारिखमा हुने विषेश महाअधिवेशनको उद्धघाटन बिहान ११ बजे गर्ने भएका हुन्।
संघका उपाध्यक्ष डा.बद्री केसीका अनुसार परराष्ट्रमन्त्रीले सो महाअधिवेशनको उद्घाटन गर्ने जानकारी औपचारिक रुपमा संघलाई गराई सकेका छन्। संघका अनुसार गत आइतबारसम्म विश्वभरका करिब ५५ देशका करिब २६ सय ३८ जना प्रतिनिधिले सो अधिवेशनमा भाग लिन आफ्नो नाम दर्ता गरिसकेका छन्।
सो अधिवेशनमा आर्थिक, वार्षिक र विधान प्रतिवेदनमाथि छलफल गर्ने तयारी गरिएको छ। अधिवेशनमा भाग लिन संघका पूर्वअध्यक्षहरुले समेत नाम दर्ता गरिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment