विदेशमा मेशीनले हातको औंला काटिएका प्रकाशलाई आर्थिक सहयोग

डिसी नेपाल
२ माघ २०७७ १६:००

काठमाडौं। वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसोबास गर्दै आइरहेका पीडित नेपाली श्रमिक प्रकाश यादवलाई हेल्प मधेसी मलेसिया संस्थाले मलेसिया रिंगेट आरएम एक हजार एक (नेपाली रुपैयाँ लगभग ३० हजार) सहयोग गरेको छ। उनको तीन महिना अघि कम्पनीभित्रै काम गर्ने क्रममा मेशीनले हातको तीन वटा औला काटेको थियो।

सिरहा जिल्ला कल्याणपुर नगरपालिका वाड–११ मा घर भएका यादव सिन्धुली ओभरसिस म्यानपावरबाट मलेसियाको बातु गजाह पेराकमा अवस्थित बिएच मेटल पार्ट्स एसडीएन बिएचडी कम्पनीमा काम गर्न गएका थिए। उक्त घट्नाको बारे पीडित प्रकाश यादव स्वयंले हेल्प मधेसी मलेसिया संस्थामा जानकारी गराउदै सहयोगको लागि गुहार मागेका थिए।

उक्त घटना बारे हेल्प मधेसी मलेसियामा जानकारी हुना साथ पीडितलाई उक्त संस्थाले सहयोग गरेको हो। संस्थाका अध्यक्ष दिपक मण्डलका अनुसार यहि जनवरी ११ तारिखका दिन बैंकमार्फत पीडित प्रकाशलाई नगद सहयोग दिइएको हो।

पीडित प्रकाशको कम्पनीमा काम गर्ने क्रममा मेशीनमा परेर बायाँ हातको औलाहरु काटिएको हो। बेलाबेला कम्पनीले उपचार गराइदिए पनि खाना लाउनलाई सहज नभएपछि हेल्प मधेशी संस्थालाई सहयोगको अपिल गरेको पीडित यादवले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *