दर्पणमा देखिने सपाटमात्र साहित्य होइन : भुपाल राई – Dcnepal

दर्पणमा देखिने सपाटमात्र साहित्य होइन : भुपाल राई

काठमाडौं। ‘साहित्य समाजको दर्पणमात्र रहेन, अब साहित्यले समाजलाई मार्ग निर्देश पनि गर्नु पर्छ।’ साहित्यकार भुपाल राईको भनाइ हो यो। नेपाली साहित्यमा लामो समय कलम चलाएका राई अहिले पनि साहित्कि क्षेत्रमा नै छन्। अझै पनि भुपाल राईको कलमले वर्गसंघर्षका कुरा लेखिरहेको छ।

सुम्नीमाको तस्वीर, दाजै कविता गाउँमै छ, लगायत कृतिहरु सार्वजनिक गरिसकेको राइले वर्गीय र जातीय पहिचानका लागि कलम चलाएका छन्। उनले लेख्ने साहित्यका रहेक शब्दले जातीय पहिचानको भाषा बोल्छ। क्रान्तिकारी विचारको भाषा बोल्छ।

डिसी नेपालसँग कुरा कानीमा राईले भनेका छन्, ‘राजनीति र साहित्य अलग रहन सक्दैन। समाजलाई साङ्गोपाङ्गो ढंगले गाइड गर्ने र दिशा निर्देश गर्ने एउटा क्षेत्र राजनीति हो।’ राईले भने, ‘राजनीतिलाई सु–संस्कृत बनाउने अर्को पाटो साहित्य हो। हामीले साहित्य लेख्नु भनेको राजनीति नगर्नु होइन्, राजनीति गर्नु भनेको साहित्य नलेख्नु भन्ने होइन, यी दुवै एक अर्कामा अन्तरसम्बन्धित छन्। जनतासँग उत्तरदायीत्व बोध गराउने एउटा पाटो साहित्य हो। त्यसलै गर्दा अहिलेको समयमा हामी साहित्यकार सडकमा छौं।’

‘मट्टीको कसम, भूमिपुत्र’ लगायतका राईका थुप्रै गीतहरु पनि रेकर्ड भएका छन्। रेडियो नेपालमा भूमिपुत्र गीतलाई प्रतिबन्ध लगाइएको थियो। उलने त्यो दिन सम्झदै भने, ‘यस्तै ५०÷५२ साल तिर रेडियो नेपालमा रेकर्ड भएको हो। रेडियो नेपालमा रेकर्ड भएर बजिरहेको थियो। त्यतिबेला २०५४ सालमा पूर्वमा खुम्बुवान राष्ट्रिय मुक्ति मोर्चा भूमिगत भयो। शसस्त्र क्रान्तिका लागि।

समाजलाई साङ्गोपाङ्गो ढंगले गाइड गर्ने र दिशा निर्देश गर्ने एउटा क्षेत्र राजनीति हो। राजनीतिलाई सु–संस्कृत बनाउने अर्को पाटो साहित्य हो। हामीले साहित्य लेख्नु भनेको राजनीति नगर्नु होइन्, राजनीति गर्नु भनेको साहित्य नलेख्नु भन्ने होइन, यी दुवै एक अर्कामा अन्तरसम्बन्धित छन्। जनतासँग उत्तरदायीत्व बोध गराउने एउटा पाटो साहित्य हो।

यो गीतलाई उक्त मोर्चाले पार्टीको ‘मुख गीत’ बनाएछ। हा..हा.., त्यो बेलामा बज्ने श्रीमान गम्भिर नेपालीको साटो यो गीत बज्न थालेपछि कसैलाई प्रतिबन्ध गर्नै भयो होला। सबै संचार माध्यामहरुबाट प्रतिबन्धित गरियो।’

उनले उक्त गित नेपालमा गणतन्त्र आएपछि फुकुवामा आएको पनि बताए। संघर्षका कथा व्यथालाई कविता गीत निबन्ध लगायतका साहित्य सृजनाबाट जनतामाझ पुर्याउने भुपाल राई दुःखमा लेखन सिकाउने कुरा बताउछन्। ‘दुःख माध्याम हुन्छ।

साहित्य लेखनमा दुःखले सबै लेखिदिने त हैन। तर, तपाई कल्पनाशिल हुन भयो भने पनि तपाईलाई नपरेको कुरा छैन भने कसरी लेख्नु हुन्छ। हरेकलाई धरातल त चाहिन्छ। दुःख पनि साहित्यको धरातल हो भन्ने लाग्छ।’

साहित्यकार समाजका सदस्य भएका कारण र राजनीति समाजको नीति भएकाले यी दुवै परस्पर भएको उनको भनाइ छ। राजनीतिक आन्दोलनमा कविताबाट विरोध गर्ने कवि राईले भने, ‘विशुद्ध साहित्यमात्र गर्नु पर्छ भन्ने र साहित्य र राजनीति पनि गर्नु पर्छ भन्ने विषयमा लामो विवाद छ। यो नेपालमा पनि हैन अन्तराष्ट्रिय साहित्य जगतमै यो विषय माथि छलफल चलिरहेको छ।’

उनले भने अगाडि थपे, ‘एकथरीले के भन्छन भने साहित्य नितान्त साहित्य नै हुन्छ। अर्को पक्ष कला वा साहित्य जीवनको लागि, समाजको लागि पनि हुनु पर्छ भन्ने छ। साहित्यलाई साहित्यकै लागि मात्र गर्नुपर्छ भन्ने दृष्टिकोण राख्ने मान्छे पनि होलान्, तर मेरो विचारमा साहित्य समाजको लागि पनि हो। साहित्य समाजको दर्पण हो भनिन्छ। दर्पणमा देखिने सपाटमात्र साहित्य होइन। साहित्य भनेको कुनै एउटा समाजको मुतिकरण हो। त्यसलाई हरेक एङ्गलबाट हेर्न सकिन्छ।’

नेपालमा राजनीति र साहित्यलाई सँगै लैजान नसकिने बताए। उनले राजनीतिलाई गलत प्रयोग गरेकै कारण र राजनीति गर्नका लागि झुट बोल्नै पर्ने भएकाले साहित्य र राजनीतिलाई सँगै लैजान नसकिने बताए। उनले भने, ‘नेपालको हकमा राजनीति भनेको चुनाव लड्नु र सरकारमा जानु हो। चुनाव लड्न खर्बौं रुपैयाँ चाहिन्छ। हामी साहित्यकारहरुसँग उस्तै परे खाने गास हुँदैन। लक्ष्मीप्रसाद देवकोटाको उदाहरण काफी हुन्छ। अनि कसरी साहित्यकार राजनीति गर्ने मान्छे हुनसक्छ?

अर्को कुरा पनि भनौं राजनीति गर्दा धेरै झुटो पनि बोल्नु पर्ने हुन्छ। साहित्यको ‘इथिक्स’ विर्सनु पर्ने हुन्छ। झुटो बोलेर साहित्य हुँदैन। साँचो बोलेर राजनीतिक हुँदैन। त्यसैले यो सम्भावना छैन।’ उनले यदि राजनीतिलाई सुधार गरेर जाने हो भने नेपालका सबै नेताहरुका विरुद्ध आफ्नो एउटा गित काफी हुने चुनौति दोहोर्याए।

उनले भने, ‘पैसा राजनीतिमा आउँदैन भने, नेपाललाई एउटा निर्वाचन क्षेत्र बनाइन्छ भने, र विदेशमा भएकालाई पनि भोट हाल्ने सुविधा हुन्छ भने सबै नेता र मेरो एउटा गित मैले पहिले पनि भनेको थिएँ। चुनौती नै हो। फेरि पनि भन्छु। तर, नेपालमा यो सम्भावना छैन।’ ‘समाजभन्दा पर साहित्य छैन।’

लकडाउनले नेपाली साहित्यमा पारेको प्रभावका बारेमा बोल्दै साहित्यकार राइले भने, ‘कतिपयले लकडाउनले साधना गर्ने समय पायौं पनि भने। तर, मेरो मत के हो भने साहित्य समाजभन्दा पर हुँदैन। समाज नभएसम्म साहित्यको के अर्थ। हामी लकडाउनका कारण समाजमा जान पाएनौं। कोठा भित्र बसेर साहित्य सृजना त गरियो मैले पनि गरे। त्यो भनेको विरामी मानसिकताको उपज हो।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो