यात्रु भरेर उड्न लागेको विमान पैसा नतिरेको भन्दै जफत

डिसी नेपाल
३ माघ २०७७ १०:४५

काठमाडौं। शुक्रबार यात्रु चढाएर उड्नै लागेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान मलेसियाको क्वालालम्पुरमा जफत गरिएको छ । पीआइएले बोइङ ७७७ मोडलको यो विमान भाडामा लिएको थियो र यसको भाडा तिरेको थिएन । शुक्रबार क्वालालम्पुर विमानस्थलमा विमान जफत गरिँदा त्यसमा यात्रु बसिसकेका थिए । यो विमान अदालतको आदेशमा जफत गरिएको अल जजीराले जनाएको छ ।

पीआइए पाकिस्तानको सरकारी एयरलाइन्स हो । उसले २०१५ मा भियतनामको कम्पनीसँग २ वटा विमान लीजमा लिएको थियो । यिनै २ मध्येको एक विमान जफत गरिएको हो । पीआइएले लीज नतिरेपछि कम्पनीले ६ महिना पहिले बेलायतको अदालतमा निवेदन दिएको थियो । सुनुवाइमा अदालतले विकान जफत गर्न आदेश दिएको थियो । पीआइएको विकान जफत गरिँदा बोर्डिङ प्रक्रिया पूरा भइसकेको थियो । विमानमा १८ क्रु सदस्य पनि थिए । कारवाहीपछि क्रु सदस्य र यात्रु क्वालालम्पुरमै फसेका छन् । प्रोटोकलअनुसार अब सबैलाई १४ दिनका लागि क्वारेन्टाइन गरिनेछ ।

विमान जफत भएपछि पीआइएले सामाजिक संजालमार्फत सबै यात्रुको रेखदेख भइरहेको र उनीहरुको यात्राको लागि वैकल्पिक व्यवस्था गरिने बताएको छ । पीआइएले यो स्तिति स्वीकार गर्न नसकिने भएको बताउँदै पाकिस्तान सरकारसँग यस विषयमा कूटनैतिक पहल गर्न आग्रह गरेको छ । एयरलाइन्सका प्रवक्ताले यो भुक्तानी विवाद भएको बताउँदै अदालतले एकतर्फी कारवाही गरेकोले विमानमा चढिसकेका यात्रुले असुविधाको सामना गर्नुपरेको बताए । उनले विवादबारे अधिक जानकारी दिन अस्वीकार गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *