फाइजरको भ्याक्सिन लगाउँदा १० दिनभित्र एकै देशमा २३ जनाको मृत्यु !

डिसी नेपाल
३ माघ २०७७ ११:२५

काठमाडौं। विश्वका कैयौं देशहरुमा कोरोनाभाइरसविरुद्ध भ्याक्सिन लगाउने अभियान सुरु भइसकेका बेला नर्वेबाट निकै गम्भीर रिपोर्ट आएको छ । यहाँ कोरोनाभाइरस भ्याक्सिन कार्यक्रम सुरु भएको १० दिनभित्र भ्याक्सिन लगाएका २३ जनाको मृत्यु भएको छ । चीनको अखबार ग्लोबल टाइम्सका अनुसार यी सबैलाई अमेरिकी कम्पनी फाइजरको एमआरएनए भ्याक्सिन लगाइएको थियो ।

नर्वेमा नयाँ वर्षको उत्सवको ४ दिनपछि खोप कार्यक्रम सुरु भएको थियो । त्यहाँ ३३ हजार जनालाई भ्याक्सिन दिइसकिएको छ । नर्वेको मेडिसिन एजेन्सीका अनुसार अहिलेसम्म २९ जनामा साइड इफेक्ट देखिएको छ । २३ जनाको मृत्यु भएको छ । यीमध्ये १३ जनाको मृत्यु पुष्टि भएको छ । नर्वेमा कोरोना संक्रमणका ५७ हजार ७३६ केस भेटिइसकेका छन् ।

नर्वेको मेडिसिन एजेन्सीका निर्देशक स्टाइनर म्याडसेनका अनुसार मृत्यु हुनेमध्ये धेरैजसोको उमेर ८० वर्ष माथि थियो । अनुसन्धानमा यीमध्ये कैयौं अस्पतालमा भर्ना भएको पाइएको छ । केहीमा भ्याक्सिन लगाएपछि ज्वरो र सास फेर्न समस्या जस्ता साइड इफेक्ट देखिएका थिए । त्यसपछि उनहिरुको स्वास्थ्य बिग्रिएको थियो ।

रुसी समाचार एजेन्सी स्पुतनिकको रिपोर्टअनुसार २९ जनामा साइड इफेक्ट देखिएको सूचना आएको थियो । यीमध्ये २३ जनाको मृत्यु भयो । यी मृत्युलाई भ्याक्सिनसँग जोडिएको छ । ग्लोबल टाइम्सका अनुसार चीनका स्वास्थ्य विशेषज्ञले फाइजरको एमआरएनएमा आधारित भ्याक्स्नि रोक्न आग्रह गरेका छन् । चीनका विशेषज्ञका अनुसार यो भ्याक्सिन हतारमा विकास गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *