जन्म दिनमा पेस्तोलले केक काटेपछि…

डिसी नेपाल
३ माघ २०७७ २०:०५
284
Shares

काठमाडौं (एजेन्सी)। जन्म दिनमा केक काटेको भिडियो भाइरल बनेपछि दुईजना जेल पुगेका छन्। केक काटेको भिडियोलेमात्र उनीहरुको जेल यात्रा भएको होइन। उनीहरुको हर्कतले उनीहरुलाई जेलसम्म पुर्याएको हो।

घटना हो भारतको उत्तरप्रदेश राज्यको हापुड जिल्लाको। भारतीय सञ्चार माध्यमहरुका अनुसार हापुडका एक युवाले आफ्नो जन्म दिनमा केक काटेको भिडियो सामाजिक सञ्जालमा शेयर गरे। जसमा उनले केक अवैध हतियार पेस्तोलबाट काटेका थिए।

पेस्तोलले केक काटेको भिडियो भाइरल बनेपछि सो भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक र जन्म दिन मनाउने युवकलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *