ओलीलाई योगेशको जवाफ, ‘केटो भन्दा दुःख लागेको छैन’

डिसी नेपाल
४ माघ २०७७ ७:३९
1.5k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री समेत रहेको पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन। सामाजिक सञ्जाल ट्वीरटरमा भट्टराईले प्रधानमन्त्रीलाई जवाफ फर्काएका हुन्।

उनले ट्वीटरमा भनेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।’

ओलीले शनिबार प्रदेश १ को अगुवा कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले भट्टराईप्रति लक्षित गर्दै ‘बैगुनी केटोेले प्वाक्क लात्ता हानेर गए’ भनेका थिए। प्रदेश १ मै बैगुनी सिस्किए पनि केही फरक नपर्ने भन्दै ओलीले उनका नाम नलिएर ‘बैगुनी केटो’ भनेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *