१३ हजार किलोमिटर यात्रा गरेर अमेरिका पुगेको परेवा अव सुरक्षित
काठमाडौं। अष्ट्रेलियाले जैव–सुरक्षाका लागि खतरा ठानेको परेवालार्य तत्काल मार्न प्रतिबन्ध लगाएको छ। अमेरिकाको एक पंक्षी संगठनले विज्ञप्ति निकालेर विरोध जनाएपछि ती परेवालाई तत्काल जीवन दान मिलेको हो।
अमेरिकाको ओकाहोमाको संस्था अमेरिकन रेसिङ पिजन युनियनको प्रमुख डियोन रबर्ट्सले परेवाको खुट्टामा बाँधिएका व्याण्डप्रति शंका गर्दै त्यसलाई फर्जी बताएका थिए र उनले परेवालाई नमार्न आग्रह गरेका थिए।
परेवाको खुट्टामा बाँधिएको व्याण्डमा लेखिएको जानकारी अनुसार यो परेवाले अमेरिकाको ओरेगन प्रान्त दुई महिना पहिला छोडेको थियो। त्योे ठाउँ अस्ट्रेलियाको मेलबर्नबाट करिव १३ हजार किलोमिटरको दूरी छ।
परेवाको खुट्टामा बाँधिएको व्याण्डको आधारमा बिहीबार अस्ट्रेलियाका अधिकारीहरुले उक्त परेवा जनस्वास्थ्यका लागि खतरा भएको भन्दै त्यसलाई मार्नु पर्ने बताएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment