प्रहरी आवासगृह उद्घाटन

रासस
४ माघ २०७७ २३:१७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनको हाताभित्र निर्मित प्रहरी उपरीक्षक आवासगृहको उद्घाटन गरिएको छ । भवनको प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा लामाले सङ्गठनभित्र शुद्धीकरण अभियान शुरु गरिएको बताए । प्रहरी कर्मचारीमा आचरणको प्रश्न उठ्न नहुने भन्दै उनले शुद्धीकरण अभियान शुरु गरिएको बताए उनले प्रहरी सङ्गठन जनताको सेवामा लाग्नुपर्ने भन्दै आफँैमा जनउत्तरदायी बन्न आवश्यक रहेको बताए । उनले भने, “अहिलेको प्रहरी जनउत्तरदायी बन्नुपर्छ । यसको निरीक्षणका लागि विशेष टोली बनाएर काम भइरहेको छ ।” प्रहरी कर्मचारी ठीक नभएसम्म सेवा राम्रो हुन नसक्ने भन्दै उनले कर्मचारीको आचरण सुधारका लागि शुद्धीकरण अभियान शुरु गरिएको जानकारी दिए । लामाले अहिले प्रदेश प्रहरीको विशेष टोलीले १७ प्रहरीलाई कारबाही गरेको बताए ।

कार्यक्रममा पत्रकारितामार्फत शान्तिसुरक्षामा सहयोग गरेको भन्दै पत्रकारहरु सूर्यप्रसाद कँडेल, प्रतिमा कुमाल र सुरक्षा न्यौपानेलाई सम्मान गरिएको छ । यस्तै प्रहरी कर्मचारी ६ जनालाई पुरस्कृत र प्रहरीसँग साझेदारी गरी समाजमा अपराध नियन्त्रणका लागि सहयोग गर्ने विभिन्न सङ्घ संस्थालाई समेत सम्मान गरिएको थियो । रु ५९ लाख सात हजारको लागतमा एक हजार ५४० वर्गफिटको भवन निर्माण गरिएको हो । प्रहरीको प्राविधिक सहायता समूहले सो भवन निर्माण गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *