ठगी गर्ने म्यानपावरविरुद्ध आक्रामक विभाग, दुई महिनामा १८ म्यानपावरमा छापा (नामावलीसहित)

डिसी नेपाल
५ माघ २०७७ १५:३३

काठमाडौं। वैदेशिक रोजगार विभागले करिब दुई महिना भित्रमा ठगि कार्यमा संलग्न  १८ म्यानपावर कम्पनीमा छापा मारेको छ। विभागको तथ्यांकनुसार विभागको अनुगमन तथा अभिमुखिकरण शाखाका अनुगमन अधिकृतहरु कुशल बराल, कल्पना रेग्मी, रामप्रसाद पौडेल, चेतनकुमार खत्रीको अनुगमन टोलीले गत मंसिर ८ गतेदेखि पुस २९ गतेसम्म १८ वटा म्यानपावर कम्पनीविरुद्ध छापा मारेको हो।

विभागले गत मंसिर ८ गते कतार पुलिसमा लैजानका लागि अवैध रुपमा अन्तरवार्ता लिएरहेका डी.डी.ह्यूमेन रिसोर्स प्रा.लि.(लाइसेन्स नं.१०४३) र एसओएस म्यानपावर सर्भिसेस (लाइसेन्स नं.८०/०५२/५३) गरी दुई कम्पनीमा छापा मारेको थियो। विभागले यि दुई कम्पनीले आ–आफ्नो लेटर हेडमा अन्तरवार्ता फारमसहित उपस्थित व्यक्तिलाई पक्राउ गरेको थियो। सो सम्बन्धि विभागले उक्त संस्थालाई निलम्बन गरी अनुसन्धान अधिकृतबाट काम कारवाही अघि बढाएको थियो।

गत मंसिर ९ गते कतार पुलिसमा लैजानका लागि अवैध रुपमा अन्तरवार्ता लिएरहेको होप इन्टरनेशनल प्रा.लि. (८५७/०६६/६७)मा छापा मारिएको थियो। कम्पनीले लेटरहेडमा अन्तरवार्ता फारमसहित उपस्थित व्यक्तिलाई पक्राउ गरी विभागले उक्त संस्थालाई निलम्बन गरी अनुसन्धान अधिकृतबाट काम कारवाही अघि बढाएको थियो।

गत मंसिर १९ गते विभागले भिजिट भीसामा कामदार पठाएको भन्ने उजुरीका आधारमा एच.म.टि.ओभरर्सिस (१४२९/०७४/७५), स्काई अफ द वल्र्ड (१०३९/०७३), स्काई ब्लू इन्टरनेशनल (१४६२/०७४), सुर्खेत ओभर्सिस प्रा.लि.(१२१९/०७४/७५), ओम सर्भिसेस प्रा.लि.(१५१८/०७४/७५) गरी पाँच वटा म्यानपावरमा छापा मारेको थियो।

विभागले एच.म.टि. कम्पनी फेला नपारेको, स्काई अफ द वल्डबाट राहदानी–एक सय ६० थान, सी.पी.यू.–एक थान, नगदि रसिद तीन थान, स्काई ब्लूबाट केहि नभेटिएको, सुर्खेत ओभर्सिसमा ताला लागेको अवस्था भएको र ओमबाट भीसाको कपि, राहदानीको कपि फेला पारेको थियो। यि पाँच वटा कम्पनीलाई विभागले कारवाही निलम्बन, संस्था सिल आदि कारवाही प्रक्रिया अगाडि बढाएको थियो।

गत मंसिर २२ र ३० गते क्रमशः अन्नपूर्ण इन्टरनेशनल प्रा.लि.(९९/०५३५४) र पियाराडाइज इन्टरनेशनल प्रा.लि (१८७/०५७/५८) मा अनुगमन गरिएको थियो। फरक कम्पनीको अन्तर्वार्ता लिएकाले अन्नपूर्ण र पूर्व स्वीकृतिबिनै अन्तर्वार्ता लिएकाले पियाराडाइजमा छापा मारिएको थियो। त्यस्तै, अन्नपूर्णबाट पूर्व स्वीकृतिको फाइल तीन थान र पियाराडाइजबाट ६२ थान राहदानी, सीपियू दुई थान बरामद गरेको उक्त कम्पनीहरुलाई विभागले संस्था निलम्बन गरी अनुसन्धान अघि बढाएको थियो।

गत पुस १ गते सलमानी ओभरर्सिस (८२८/०६६/६७) र अल अस्मास प्रा.लि. (७४८/०६४/६५)गरी दुई कम्पनीमा विभागले छापा मारेको थियो। पूर्व स्वीकृति बिनानै अन्तरवार्ता लिइरहेका उनीहरुबाट विभागले केहि पनि बरामद गर्न सकेकाले सो कम्पनी कारवाहीको भागिदारबाट बचेको थियो।

पैसा बढि लिएको उजुरीको आधारमा गत पुस ७ गते मनास्लु इन्टरनेशनल प्रा.लि. (१५१/०५६/५७)मा विभागले छापा मारेको थियो। सो कम्पनीबाट स्ट्रिङ अपरेशनबाट दुई लाख बरामद गरी निलम्बन गरेको उक्त संस्थालाई विभागले एक लाख जरिवाना गरी फुकुवा गरेको थियो।

विभागले गत पुस १४, २०, २२, २४, २९ गते क्रमशः अर्किड ओभरर्सिस प्रा.लि. (८८९/०६७/६८), बेबी स्टार इन्टरनेशनल प्रा.लि. (१०८१/०७३/७४), भिजन एण्ड भियालु ओभर्सिस (८२२/०६६/६७), ग्रोथ प्रोसेस इन्टरनेशनल इम्प्लोयमेन्ट प्रा.लि.(५१८/०६१/६२), लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसेज प्रा.लि. (८२१/०६६/६७) गरी पाँच वटा कम्पनीमा छापा मारेको थियो।

यि कम्पनीहरुले भिजिट भीसामा कामदार पठाएको, पैसा बढि लिएको र बिना बिज्ञापन अन्तरवार्ता गरेको भन्ने उजुरीका आधारमा विभागले छापा मारेको हो।

विभागले अर्किडबाट भीसासहितको आठ थान राहदानी र सीपीयू एक थान, बेबी स्टार २१ थान राहदानीमध्ये दुई थान भीसाहितको र सीपीयू एक थान, ग्रोथबाट दुई लाख ६२ हजार बरामद गरेको, भिजनमा भने स्ट्रिङ अप्रेशनबाट केहि पनि फोला नपारेको, लिंकबाट पनि केहि फेला नपरेको साथै पूर्व स्वीकृति लिएको पाइएको विभागको तथ्यांकमा उल्लेख छ।

विभागका महानिर्देशक कुमारप्रसाद दहालले वैदेशिक रोजगारीमा कामदार पठाएर कमाउ भन्ने मनोभावनाले खोलिएका म्यानपावर कम्पनीहरुलाई कडाभन्दा कडा कारवाही गरी निर्मूल बनाउने बताएका छन्। वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावरले दोहोरो पैसा लिइरहेको महानिर्देशक दहालले बताए । कोरोना भाइरसका कारण विस्तारै लयमा आएको वैदेशिक रोजगारी क्षेत्रलाई निस्पक्ष बनाउन आफूहरुले कुनै पनि कसर नछोड्ने महानिर्देशक दहालको भनाई छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *