वीर अस्पताललाई ‘हेल्थ डेक्स क्लिनिक’ हस्तान्तरण

रासस
५ माघ २०७७ २१:२७
20
Shares

काठमाडौं । वीर अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेक्स क्लिनिक (ज्वरो नाप्ने कोठा) अस्पताललाई हस्तान्तरण गरिएको छ । नेपालमा कोभिड–१९ को महामारी फैैलिएसँगै हेल्प नेपाल नेटवर्क, न्यू डाइमेन्शन तथा रत्नाग्य संस्थाको सहयोगमा निर्माण गरिएको उक्त क्लिनिक आज औपचारिकरुपमा वीर अस्पताललाई हस्तान्तरण गरिएको हो ।

देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा बिरामीको चाप बढी हुने, बिरामीलाई सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको विषयमा जानकारी प्रदान गनुपर्ने तथा कोभिड–१९ को सङ्क्रमित छुट्याउनुपर्ने भएकाले वीर अस्पतालमा उक्त डेक्स स्थापना गरिएको हेल्प नेपाल नेटवर्कका सचिव लता घिमिरेले जानकारी दिइन् ।

हेल्थ डेस्क क्लिनिक अस्पताललाई हस्तान्तरण गरिएसँगै आगामी दिनमा आवश्यक मर्मतसम्भार गरेर सञ्चालनमा नियमितता दिन आग्रह गरिएको छ । उक्त ज्वरो नाप्ने कोठा रु तीन लाख ७५ हजार लागतमा निर्माण गरिएको रत्नाग्य संस्थाका उपाध्यक्ष खड्क केसीले जानकारी दिए । उनले कुनै पनि उपचारअघि ज्वरो नाप्ने कोठामा ज्वरो नाप्न तथा परामर्श लिन आग्रह गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *