कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

डिसी नेपाल
६ माघ २०७७ ८:२३
60
Shares

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक फेरि सरेको छ। मंगलबारका लागि तय बैठक माघ १३ का लागि सारिएकाे मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए। यसअघि पुस २७ का लागि बाेलाइएकाे बैठक माघ ६ का लागि सारिएकाे थियाे।

धेरैजसाे केन्द्रीय सदस्यहरु जिल्ला बाहिर रहेकाले पुस ८ काे प्रदर्शन सकिएपछि मात्रै बैठक बस्ने पौडेलले बताए।

यसअघि पुस १९ गते बसेकाे का‌ंग्रेस केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनकाे विराेधमा प्रदर्शनका कार्यक्रम तय गरेकाे थियाे। दुई चरणको कार्यक्रम सकिएकाे छ। अब माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *