जो बाइडेनको शपथ ग्रहणमा भित्र रहेका सुरक्षाकर्मीले नै आक्रमण गर्ने खतरा ! – Dcnepal

जो बाइडेनको शपथ ग्रहणमा भित्र रहेका सुरक्षाकर्मीले नै आक्रमण गर्ने खतरा !

काठमाडौं। अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनले भोलि बुधबार शपथ ग्रहण गर्दैछन् । तर, शपथ ग्रहण समारोहमा आक्रमण हुन सक्ने खतरा देखिएको छ । अमेरिकी सरकारका सुरक्षा अधिकारीहरुले बाइडेनको शपथ ग्रहणको क्रममा सुरक्षा टिमकै कुनै सदस्यले आक्रमण गर्न सक्ने आशंका गरेका छन् । खतरालाई मध्यनजर गर्दै सुरक्षाका उपायहरु अपनाइएका छन् ।

डेलीमेलको रिपोर्टअनुसार एफबीआइले वाशिङटन पुगिरहेका नेशनल गार्डका २५ हजार जवानहरुको विशेष जाँच गर्ने निर्णय गरेको छ । ६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि सुरक्षाका विषयमा निकै डरको माहोल छ । आक्रमणको क्रममा ५ जनाको मृत्यु भएको थियो । अमेरिकी सुरक्षा एजेन्सीहरुले जो वाशिङटनको सुरक्षाका लागि तैनाथ गरिएका छन् उनीहरुबाट पनि खतरा उत्पन्न हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

जो बाइडेन र अन्य भीभीआइपी व्यक्तिहरुका विषयमा खतराको आशंका गरिएको छ । यद्यपि अहिलेसम्म शपथ ग्रहण समारोहमा खतराको कुनै प्रमाण भेटिएको छैन । आर्मी सेक्रेटरी रयान म्याकर्थीले भने ‘तैपनि हामी अपरेशनमा सहभागी सबै व्यक्तिको कैयौं पटक जाँच गरिरहेका छौं । अधिकारीहरुलाई प्रशिक्षण दिइँदैछ कि कसरी भित्र कुनै खतराको पहिचान गर्ने ।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो