कुवेतमा कार्यरत एक नेपाली महिलाद्वारा आत्महत्या

डिसी नेपाल
६ माघ २०७७ १४:४०
3.4k
Shares

काठमाडौं। कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन्। विगत आठ वर्षदेखि घरेलु कामदारका रुपमा कुवेतमा कार्यरत कास्की घर भएकी ३६ वर्षीया बुद्धिसीरी परियारले गत जनवरी १४ (बिहीबार)का दिनमा आत्महत्या गरेकी हुन्।

उनले आफू कार्यरत घरमै झुन्डिएर आत्महत्या गरेकी हुन्। सन् २०१३ मा पहिलो पटक श्रम स्वीकृतिमा कुवेत गएकी उनी सन् २०१५ मा विदामा घर आई पुनः कुवेत गएकी थिइन्। कुवेतस्थित नेपाली दूतावासले बुद्धिसिरीको कुवेती स्पोन्सरसँग सम्पर्क भएको र उनीसँग समन्वय गरी कानूनी प्रकृया पूरा गरेर शव नेपाल पठाउने विषयमा काम भइरहेको बताएको छ।

अत्यधिक कामले शारिरिक थकान, कतिपयको शारिरिक तथा मानसिक शोषण, पारिवारिक दवाब तथा बेमेलका कारण रोजगारीका लागि गएका नेपालीहरुले आत्महत्या गरी ज्यान गुमाउने गरेका छन्। तर त्यसको निराकरणका लागि सरकारी निकायहरु उदासिन रहने गरेको रोजगारीमा गएका नेपाली कामदारहरुको गुनासो रहँदै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *