नाभाल्नीको रिहाई तत्काल नगरिने क्रेमलिनको भनाइ

डिसी नेपाल
६ माघ २०७७ १९:०६

मस्को । रूसी प्रशासनिक केन्द्र क्रेमलिनले विपक्षी नेता नाभाल्नीको रिहाईका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको आग्रहलाई अस्वीकार गरेको छ । मस्कोले नाभाल्नीले विशाल विरोधका लागि गरेको आह्वान राष्ट्रको हितमा नभएको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने बताएको हो ।

राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले मस्कोमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, “हामीले आन्दोलनका लागि विपक्षी नेताले गरेका आह्वानहरूलाई सुनेका छौं । यसलाई वेवास्ता गर्न सक्दैनौं ।” नाभाल्नी जर्मनीमा रहेर उपचार गरी करिब पाँच महिनापछि आइतबार मस्को फर्केपछि क्रेमलिनले दिएको यो पहिलो प्रतिक्रिया हो ।

पेस्कोभले भने, “नाभाल्नीले आफूलाई स्वदेश फर्केको एक घण्टाभित्र पक्राउ गरिएको र अनुसनधानका लागि ३० दिन प्रहरी नियन्त्रणमा राखिने जानकारीपछि ‘गैरकानूनीरूपमा’ आन्दोलनका लागि गरेको आह्वानले क्रेमलिनलाई धक्का पुगेको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *