प्रा.डा. थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

डिसी नेपाल
७ माघ २०७७ २१:३६

काठमाडौं। प्रा. डा. भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रा.डा. थापा उपकुलपति नियुक्त भएको जानकारी दिएका छन्। उनले सामाजिक सञ्जालमा प्राडा थापा उपकुलपति नियुक्त भएको उल्लेख गरेका छन्। शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो।

नव नियुक्त उपकुलपति थापा काठमाडौं विश्वविद्यालका मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। यसअघि उनी विभागका प्रमुख, डिन, रजिस्टार र कार्यवहाक उपकुलपतिसमेत भइसकेका छन्। ्




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *