प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति बाइडेनलाई शुभकामना

डिसी नेपाल
८ माघ २०७७ १०:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका लागि नव नियुक्त राष्ट्रपति जो बाइडेनलाई शुभकामना दिएका छन।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बाइडेनलाई अमेरिकाकाे राष्ट्रपति बनेकाेमा सफल कार्यकालकाे शुभकामना दिएका हुन।  उनले भनेका छन, ‘अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा निर्वाचित जो बाइडेनलाई सफल कार्यकालको शुभकामना दिन चाहान्छु। अमेरिका नेपालबीचको सम्बन्ध अझै पारस्परिक र सुमधुर हुने विश्वास लिएको छु।’

अमेरिकाको लागि ४६औं राष्ट्रपतिको रुपमा निर्वाचित बाइडेनले जनवरी २० सपथ ग्रहण गरेका छन। उनी अमेरिकाको राष्ट्रपतिका रुपमा ४ वर्षसम्म पदमा बहाली रहने छन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *