एनआरएनए अमेरिकाद्वारा राष्ट्रपति बाईडेन र उपराष्ट्रपति कमलालाई शुभकामना

डिसी नेपाल
८ माघ २०७७ १४:२९

काठमाडौं। गैर आवासीय नेपाली संघ(एनआरएनए), राष्ट्रिय समन्वय परिषद् अमेरिकाले संयुक्त राज्य अमेरिकाको ४६औँ राष्ट्रपति जोई बाईडेन तथा उप राष्ट्रपति कमला ह्यारिसलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति, कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति एक महिनाअघि निर्वाचित भएका हुन्। जो बाइडेनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबाट बाइबललाई साक्षी राखेर सपथ लिएका हुन्।

एनआरएनए, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष सुनिल साहले लोकतन्त्र र मानवअधिकारको रक्षा गर्दै आम अमेरिकीवासीलाई एकताको सुत्रमा बाधि उनीहरुको अपेक्षामा खरो उत्रिएर आप्रवासीहरुको समस्या सम्बोधनका लागि राष्ट्रपति बाईडेनको कार्यकाल उपलब्धिमूलक हुन सकोस् भन्दै शुभेक्षा व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *