नेपालको ध्यान महामारी नियन्त्रणमा छ : परराष्ट्रमन्त्री ज्ञवाली

डिसी नेपाल
८ माघ २०७७ १८:२९
64
Shares

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारको ध्यान कोरोना महामारी नियन्त्रण र जनतालाई सुरक्षित राख्नमा केन्द्रित रहेको बताएका छन्। बिहीबार भर्चुअल रुपमा भएको एशिया कोअपरेशन डाइलग (एसीडी)को १७ औं विदेशमन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोरोना महामारीबाट जनतालाई जोगाउनु सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोपको सहज उपलब्धता र आर्थिक गतिविधिलाई सुचारु गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्। उनले स्वास्थ्य मापदण्ड अपनाउँदै पर्यटनलाई खुला गर्नुपर्ने उल्लेख गरेका छन्।

मन्त्री ज्ञवालीले एसीडीको भूमिका यस्तो बेला झन महत्वपूर्ण रहेको भन्दै आपसी हितका लागि सँयुक्त पहल आवश्यक रहेको बताएका छन्। उनले एसीडीमा रहेका मुलुकहरुबीच कनेक्टिभिटी हुन सके आपसी भौतिक दुरी कम हुने उल्लेख गर्दै नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि त्यो झन महत्वपूर्ण हुने बताए।
बैठक एसीडीको हाल अध्यक्ष रहेको टर्कीको आयोजना भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *