कतार प्रहरी प्रकरणः विभागद्वारा कल्याण सेक्युरिटीमा छापा
काठमाडौं। वैदेशिक रोजगार विभागले सिनामंगलस्थित कल्याण सेक्युरिटी सर्भिस प्रा.लि. एण्ड मल्टी ट्रेनिङ प्रा.लि.मा छापा मारेको छ। कतार प्रहरीका लागि भन्दै गैरकानुनी रूपमा भारत हुँदै अवैध रुपमा नेपाली युवाहरुलाई कतार पठाउन अन्तर्वार्ता लिएको सूचनाको आधारमा विभागले छापा मारेको हो।
विभागले उक्त सेक्युरिटीबाट दुई वटा रजिष्टर, एउटा कम्प्युटर(सीपीयू), करिब दुई दर्जन युवाको राहदानीको फोटोकपीलगायतका कागजपत्र बरामद गरेको छ।
विभागले डिमाण्डको पूर्व स्वीकृति नलिई अवैध रूपमा कतार प्रहरीमा कामदार पठाउन अन्तर्वार्ता लिइरहेको अवस्थामा केहि म्यानपावरमा छापा मारेको थियो। विभागले छापा मार्दा अन्तर्वार्ता लिइरहेको तथ्य भेटेपछि ती म्यानपावरहरुको कारोबार ६ महिनाका लागि रोक्का गरेको थियो।
गैरकानुनी रुपमा युवाहरुलाई विदेश पठाउनका लागि अन्तर्वार्ता लिइरहेका म्यानपावर कम्पनीप्रति विभागको छापा मार्ने क्रम बढेपछि व्यवसायीले सेक्युरिटी कम्पनीहरुमा अन्तरवार्ता लिन सुरु गरेको आशंका गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment