जनताका हत्याराहरु

डिसी नेपाल
१३ माघ २०७७ ७:१०

प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि त्यही सरकार चलाइरहेका छन् जुन सरकारमा बसेर लकडाउन र महामारी नियन्त्रणका चर्का कुरा गर्ने मन्त्रीहरु अहिले राजीनामा दिएर जनतालाई महामारी केही होइन, सडकमा आऊ भनेर चर्को चर्को भाषण गरिरहेका छन्।

नेपालमात्रै यस्तो देश होला जहाँका नेता महामारीमा त्यसको पर्वाह नगरी जनतालाई सडकमा आऊ, चर्का नारा लगाऊ, देशभरीबाट राजधानी जम्मा होऊ सत्ता प्राप्तिको लडाईंमा ज्यान आहुती देऊ भनिरहेका छन्।

अरु देशमा नेताहरुले भीडभाड नगर्नुहोला, सकेसम्म सुरक्षित रहनुहोला, आफू र आफ्नालाई महामारीबाट बचाउनुहोला भनेर जनतालाई हरदम सुसूचित गर्दैआएको देखिएका छन्। तर, हाम्रो विडम्बना मन्त्रीपद छाडेको भोलिपल्टदेखि सडकमा बोलाएर आफू भने सुविधासम्पन्न सोफामा बसेर मास्क र स्यानिटाइजर हरदम प्रयोग गर्दै गरेका देखिएका छन्।

जब हिमपातले हिमाली जिल्ला र शीतलहरले तराईका जिल्ला आक्रान्त थिए, त्यहाँ चिसोले कोरोना, ईन्फ्लुएन्जा, क्षयरोग र निमोनियाजस्ता सरुवा रोगका बिरामी बढेका थिए। त्यहीबेला भर्खरै मन्त्रीबाट राजीनामा दिएका पूर्वमन्त्रीहरुले दुई तिहाइ मत दिएका ती बिरामीहरुलाई जबरजस्ती बसमा कोचेर अर्को चिसो काठमाडौं उपत्यकामा कुदाइरहेका थिए। कालकोठरीमा लगे जस्तै।

जनस्वास्थ्यको मापदण्ड पालना गर्नु गराउनु पर्नेहरुको यो जनहत्या हरकत हेरिसक्नु थिएन। नेपालमा कोरोना संक्रमितको संख्या २,६९,००० पुग्दा मुत्यु हुनेको संख्या २००० नाघिसकेको छ। नयाँ स्वरुपको शक्तिशाली भाइरस प्रवेश गरिसकेको जोखिमपूर्ण अवस्था छ।

त्यही विषवृक्षमा फलेको फल हो वर्तमान सरकार। हामी विषवृक्षमा अमृतको फल फल्ने आशामा थियौं। स्वाभिमानी नेता गणेशमानसिंहले हामीलाई ‘भेडा’ भनेर दिएको उपमा अझ १०० वर्षसम्म शतप्रतिशत् ठीक साबित हुन के बेर?

अनि, आजको प्रदर्शन यति संख्याको भयो, विशाल भयो, जनलहर उर्लियो, लाखौं भयो भनेर सामाजिक सन्जाल र आफूनिकटका मिडिया ठूलठूला डंका पिटेको लाजमर्दो अवस्था छ। अरु त अरु स्वयं प्रधानमन्त्री ओली पनि आफ्ना विपक्षी नेताहरुले सडकमा सर्वसाधारणको झुण्ड देखाए भनेर आफ्नो अर्को झुण्ड पनि सडक देखाउन आह्वान गरेर दुनियाँलाई हँसाउने काम गर्न थालेका छन्।

विश्वका १९५ मुलुकहरुले जनतालाई केन्द्रविन्दुमा राखेर महामारी नियन्त्रणको हदैसम्म पहल र प्रयास गरे। प्रकृतिको सर्वोच्चता स्वीकार्ने, कानूनको पालना गर्ने गराउने, स्वास्थ्य सतर्कता र आचारसंहिता स्वस्फूर्त पालना गर्ने गराउने र सुशासन कायम गर्दै उद्धार र राहतलाई प्राथमिकतामा राखेर त्याग गर्ने विश्व नेताहरु लोकप्रिय र हाई–हाई भए।

प्रकृतिको सर्वोच्चता र नियम मिच्ने, प्रजातन्त्रको दुहाइ दिएर स्वतन्त्रताको दुरुपयोग गर्ने र विश्व स्वास्थ्य संगठनले लागू गरेको मापदण्ड र निर्देशनलाई नटेर्ने मुलुकहरुले स्वास्थ्य र आर्थिक दुवै संकट भित्र्याए। अमेरिकाजस्तो प्रजातन्त्रको अगुवा महाशक्ति राष्ट्रको लागि सन् २०२० दुर्भाग्य निम्त्याउने ‘कालो वर्ष’ सावित भयो र त्यहाँका दम्भी नेता बढारिए। उनका काउण्टरपार्ट चीन र रुसका राष्ट्रपतिहरुलाई जनताहरुले झन् सर्वशक्तिमान बनाए।

ठूलो छिमेकी देश चीनले महामारीलाई शिघ्र र कुशलतापूर्वक नियन्त्रणमा लियो। चीनको कठोर लकडाउन र नियन्त्रण प्रक्रिया अनुसरण र अभ्यास गर्ने देशहरुले महामारीलाई फैलिन दिएनन्। नेपालजस्तो भूपरिवेष्ठित मुलुक मंगोलियाले कोभिड–१९ को संख्यालाई १६२७ मा सीमित राख्यो। मृत्यु संख्या २ भन्दा बढ्न दिएन।

प्रकृतिको सर्वोच्चता स्वीकार्ने र ७२ प्रतिशत वनजंगल संरक्षण गरेर प्रकृतिको पूजा गर्ने अर्को भूपरिवेष्ठित हिमाली राज्य भुटानले विश्वलाई चकित तुल्यायो। भुटानले कोरोना संक्रमितको संख्या ३ डिजिट् ८५४ मा सीमित राख्दै मृत्युको संख्या १ बाट २ हुन दिएन। सलाम छ ती देशहरुलाई। यो पृष्ठभूमिमा नेपालको नेतृत्व कति संवेदनशील, सक्रिय र जवाफदेही रह्यो त्यसमा केन्द्रित हुन चाहन्छु।

विष वृक्षको वृक्षारोपण

दुई पार्टी एकीकरणको प्रायोजित नाटकसँग मुख मिठ्याउनु हाम्रो बचपन थियो। जनयुद्धको ‘ग्राण्ड डिजाइन’ विशाल विषवृक्ष थियो। १२ बुँदे सम्झौता झन् ठूलो विषवृक्ष। जुन सम्झौतामार्फत हामीले हाम्रो स्वाभिमान र सार्वभौमिकता बाह्य शक्तिलाई बुझाएका थियौं।

त्यही विषवृक्षमा फलेको फल हो वर्तमान सरकार। हामी विषवृक्षमा अमृतको फल फल्ने आशामा थियौं। स्वाभिमानी नेता गणेशमानसिंहले हामीलाई ‘भेडा’ भनेर दिएको उपमा अझ १०० वर्षसम्म शतप्रतिशत् ठीक साबित हुन के बेर?

दुई तिहाइको सरकार मुलुकलाई बोझ भयो। इतिहास मै अभिशाप भयो। मुलुकको स्वास्थ्य, शिक्षा, रोजगार, शान्तिसुरक्षा लगायत समग्र अर्थतन्त्र धाराशायी भयो। कुटनीतिक असफलताले बाह्य शक्तिको हस्तक्षेप खुलेयाम बढ्यो।

त्यसको कारण महामारी होइन। विपक्षी दल पनि होइन। निःशस्त्र सशस्त्र समूहको हर्कत पनि होइन। न त जनआन्दोलन नै हो। एकमात्र कारण उही विषबृक्ष र त्यसमा फलेको विषालु फल हो। अमृत फल लाग्ला र खाउला भनेर मलजल गर्ने अवोध जनता अहिले रन्थनिएका छन्। फेरि उही विषबृक्षको शितल र फल खान आन्दोलित छन्। उनै नेतृत्वहरुको नरसंहाररुपी पासोमा अग्रसर छन्।

निर्जल्लजामा प्रतिष्पर्धा

जनउत्तरदायी भनेर कराउने नेतृत्व वर्ग विश्व स्वास्थ्य मापदण्ड र आचारसंहितालाई ढलमा हालेर आन्दोलनमा उत्रिएका छन्। एक अर्काको विरुद्ध जनसागर उराल्ने प्रतिश्पर्धामा छन्। हिजो सरकारमा सामेल वर्तमान प्रधानमन्त्रीका मन्त्रीहरुले आ–आफ्नो क्षेत्रबाट २५ सय कार्यकर्ता राजधानी उतार्ने आदेश पाएका छन्।

मन्त्री पद छाडेर पूर्वमन्त्रीहरु हिजोको आफ्नै सरकारविरुद्ध जबरजस्ती उठाएका अवोध जनता बसभरि कोचेर टुडिखेलमा यात्रारत छन्। पूर्व प्रधानमन्त्रीहरु हिंसात्मक मांसाहारी आन्दोलनको ध्वाँस दिँदै जनतालाई सडकमा आउन आह्वान गरिरहेका छन्।

खोई सिटामोल? खोई स्वास्थ्य मापदण्ड? खोई स्वास्थ्य अनुशासन ऐन कानून र खोई पर्याप्त स्वास्थ्यकर्मी र स्वास्थ्यसेवा? दुर्भाग्य, मुलुकको प्रधानमन्त्री झन् ठूलो जनसागर ओरालेर काउण्टर दिन उद्यत् छन्। ईण्टेलिजेन्ट् लकडाउन पालना गरेर स्वास्थ्य दूरी कायम गराउनुपर्ने कल्याणकारी सरकार आफैं आन्दोलन आह्वान गरिरहेको छ। ‘कहीँ नभाको जात्रा हाँडिगाउँमा’ कहावत चरितार्थ भएको छ।

जनसागर होइन जनहत्या

महामारीको उत्कर्षमा उतारिएको जनसागर जनहत्याको मन्द विष हो। आन्दोलन जनहत्याको कालकोठरीमा पुग्ने सजिलो मार्ग हो। खालि हत्याको मोडल मात्र भिन्न हो। हत्या हिंसालाई रोचक मान्दै त्यसमा टेकेर गरेको राजनीतिले मुलुकलाई शान्ति होइन सँधै हिंसाको बाटोमा लैजाने अवश्यम्भावी छ।

आजका विषबृक्ष ६०/६५ वर्षअगाडि रोपिएका थिए। बृक्षारोपण गर्ने विदेशी मालिकको दूरदृष्टि हेरौं। शान्तिकामी जनता र शान्तिका दूत भगवान गौतम बुद्धको मातृभूमिमा किन यति धेरै अशान्ति र अस्थिरता दोहोरिरहन्छ त्यसको कारण छर्लङ छ। पात्रहरु ऐनामा दुरुस्त देख्न सकिन्छ।

अहिलेको जनसागरमा भित्र भित्र महामारीको किटाणु डढेलोझैं फैलिएको छ। अस्पतालको शैय्यामा पुग्नुभन्दा अगाडि जनसागर तोडफोड् र हिंसामा उत्रिने अर्को खतरनाक संभावना छ। हिंसालाई कानूनले बर्जित गरेको छ। जनतालाई नफरत लागेको छ। तर शासक र नेतृत्व वर्गको यो पूर्व सफल नजिर आजीवन पहिलो रोजाईमा परिरहने छ। इतिहासले एकदिन वर्तमान आन्दोलन र जनसागरलाई जनहत्यामा दर्ज गर्ने पक्कापक्की छ।

इतिहासमा सशस्त्र हिंसालाई सत्ताको भ-याङ बनाइयो। हिंसाको जगमा परिवर्तन खोजियो। सत्ता प्राप्तिको लागि पल्किएको हिंसाले भावी सन्ततीहरुलाई हिंसाप्रति आकर्षित गरिरहने छ।

अहिलेको जनसागरमा भित्र भित्र महामारीको किटाणु डढेलोझैं फैलिएको छ। अस्पतालको शैय्यामा पुग्नुभन्दा अगाडि जनसागर तोडफोड र हिंसामा उत्रिने अर्को खतरनाक संभावना छ। हिंसालाई कानूनले बर्जित गरेको छ। जनतालाई नफरत लागेको छ। तर शासक र नेतृत्व वर्गको यो पूर्व सफल नजिर आजीवन पहिलो रोजाईमा परिरहने छ। इतिहासले एकदिन वर्तमान आन्दोलन र जनसागरलाई जनहत्यामा दर्ज गर्ने पक्कापक्की छ।

विश्व महामारीको संवेदनशील घडिमा ‘विश्व स्वास्थ्य मापदण्ड पालना गर र गराउ’ भनेर किन कोही बोल्दैन? ‘विश्व स्वास्थ्य मापदण्ड विपरीत आन्दोलन र आमसभा नगराउ’ भनेर किन अदालतले आदेश दिँदैन? न्याय मरेको अथवा दलीयकरण भएर राजनीतिको पुच्छर भएको एउटा दलील। मानव अधिकारकर्मी नतमस्तक भएर दलीयकरण भइसकेको अर्को प्रमाण।

नागरिक समाज विवेकहिन भएको अवस्था। मिडिया मुक्दर्शक भएको घडी। विश्व संगठनहरुले थाकेको तथा हारेको र हात झिकेको संकेत। तर राष्ट्रिय स्वास्थ्य सुरक्षाधर्मीहरुले जनहत्याको विरोध किन गर्दैनन्? राष्ट्रसेवक कर्मचारीहरु कार्यालय छाडेर जनसागरमा कुन नैतिकता र धर्ममा टेकेर सामेल भइरहेका छन्?

निजामती प्रशासन प्रमुख मुख्य सचिवले आफ्ना कर्मचारीहरुलाई राजनीतिक रङको आन्दोलनमा भाग नलिन र महामारीबाट जोगाउन के कस्तो स्वास्थ्यनीति र सेवाग्राह्यताको नीति अवलम्बन गरेका छन्?

अरु त परै जावस् सुरक्षा निकायहरु किन एकढिक्का भएर एकै स्वरमा दबाब दिँदैनन् सरकारलाई? जनसागरले अन्ततोगोत्वा जनहत्या गर्ने र भविष्यमा स्वास्थ्य महासंकट आउने पूर्वजानकारी गराउने जिम्मा सुरक्षा निकायहरुको हो। सरकार आफैं आन्दोलन आह्वान गरेर मुठ्भेड र हिंसा निम्त्याउन उद्यत् रहेको देखेपछि भोलि सुरक्षा निकायहरुले कसको रक्षा गर्ने र कसको छातीमा बन्दुक तेस्र्याउने?

आन्दोलनलाई किन अनुमोदन गरेर सुरक्षा पहरा दिइरहेका छन् सुरक्षा निकायहरु? जनहत्याराहरुलाई थप सुरक्षा पहरा दिएर किन आमसभा बीच आफ्नै ज्यान जोखिममा राखिरहेका छन् सुरक्षाकर्मीहरु? यी सबै अधर्मी साक्षीहरुलाई पाप लाग्ने र इतिहासले दण्डित गर्ने अवश्यम्भावी छ।

किन जनहत्या ?

५० वर्षअगाडि प्लाण्ट गरिएका शासकहरुबाट साशित छौं आज हामी। खोई हामीले नेतृत्व चिनेको र छानेको? ५० वर्षपछाडिका शासकहरुले आजको उद्देश्य र अर्थहिन गुट् उपगुट् आन्दोलनको अगुवाई गरिरहेका छन्। ती भुईफुट्टा टुक्रे भावी नेताहरु ५० वर्षपछिका विषवृक्ष हुन्। हामी र हाम्रा सन्ततीले प्रतीक्षा गरेको अमृत फल फलाउन काबिल राष्ट्रिय नेतृत्व खोई?

हिंसाको जगमा स्थापित शासनसत्ताले हिंसालाई नै अनुमोदन र सम्मान गर्ने हो। सबैलाई सत्ता चाहिने र सत्ता बाहिर रहन नसक्ने हाम्रो खतरनाक संस्कारले हरेक परिवर्तन र सत्ता आरोहण हिंसाबाटै गर्न खोज्ने छ।

आन्दोलनमा भाग लिन आउने हरेक बसका आन्दोलनकारीहरुसँग २ थान देखि १ दर्जन साना हतियार थिए। जनसागरसँग कोभिड–१९ ज्यानमारा भाइरस मात्र होइन, साना हतियारको कारखाना राजधानी भित्रिएको यर्थाथलाई सुरक्षा निकायहरुले नजर अन्दाज गरेका छन् वा त्यसले राष्ट्रिय शान्ति सुरक्षा र अमनचयन बिथोल्ने भयानक परिणामको लागि तम्तयार छन् त्यो उनीहरुले जान्ने कुरा हो।

महामारीसँगै सशस्त्र समुहहरुको समिकरणले हिंसात्मक आन्दोलन/द्वन्द्वको विजारोपण भइसकेको यर्थाथलाई सुरक्षा निकायहरुले आँखा चिम्लेका हुन् भने उनीहरु एकापसमा फायर खोल्ने र लड्ने भिड्ने अकल्पनीय द्वन्द्वमा फस्ने छन्। जसले व्यवहारमा होइन, सिद्धान्तमा सार्वभौम भनेको मुलुकको राष्ट्रिय सुरक्षालाई खलल पार्ने मात्र होइन, राष्ट्रिय अस्तित्वलाई समाप्त पार्ने छ।

महामारीसँगै सशस्त्र समुहहरुको समिकरणले हिंसात्मक आन्दोलन/द्वन्द्वको विजारोपण भइसकेको यर्थाथलाई सुरक्षा निकायहरुले आँखा चिम्लेका हुन् भने उनीहरु एकापसमा फायर खोल्ने र लड्ने भिड्ने अकल्पनीय द्वन्द्वमा फस्ने छन्। जसले व्यवहारमा होइन, सिद्धान्तमा सार्वभौम भनेको मुलुकको राष्ट्रिय सुरक्षालाई खलल पार्ने मात्र होइन, राष्ट्रिय अस्तित्वलाई समाप्त पार्ने छ।

तसर्थ, यो हल्ला गरिएको जनसागर र जनहत्या मुलुक समाप्त पार्ने ग्राण्ड डिजाइनभित्रको एउटा अकल्पनीय पाटो पनि हुन सक्दछ। बिना लगानीको मितव्ययी विदेशी हस्तक्षेप र कब्जाको रोचक र रहस्यमय रोडम्यापको रुपमा यो उदाउँदो देखिएको छ।

जनहत्याका श्रृङ्खलाहरु

छिमेकी देशमा उत्पत्ति भएको भाइरसले दिएको पूर्व जनाउ हामीले बेवास्ता ग-यौं। पूर्व तयारी शून्य थियो। जब भाइरस भित्रियो हामीले उद्धार र राहतको होइन व्यापार र कमाउ धन्दाको उल्टो यात्रा तय ग-यौं।

शक्तिशाली सरकारका मन्त्रीहरु बीच मतैक्यता र टीमवर्क थिएन। बरु व्यापार र कमाउ धन्दाको प्रतिष्पर्धा र सरकार असफल र बदनाम बनाउने गुह्य योजनाको कार्यान्वयनमा एकलब्य थिए सरकारका मन्त्रालयहरु। परिणामस्वरुप भाइरस नियन्त्रण होइन, तीव्र आगोझैं फैलियो।

लकडाउन अवधिभरी सत्तारुढ पार्टीको घर झगडाले भाइरसलाई फैलिन मद्दत गरिरह्यो। न व्यवस्थित चेकजाँच र स्क्रिनिङ र स्वास्थ्योपचार। पीडितहरुको नाजुक जीवन र जनहत्याको श्रृङ्खला आजसम्म रोकथाम भएको छैन। बरु झन् भयावह जनहत्यातर्फ डोरिएको अवस्था छ।

अध्ययन अनुसन्धानले अवश्य देखाउला कि मानसिक बिरामीहरुको ग्राफ सँगसँगै अत्याधिक उकालो लागिरहेको छ। सामाजिक हत्या, हिंसा, बलात्कार र आत्महत्याका घटना व्यापकरुपमा बढेका छन्। हत्याका यी श्रृङ्खलाहरुको जिम्मेवार को? संक्रमण र त्यो सँगै भोकमरीको थप चपेटाका अलावा महामारीलाई खुल्लेआम चुनौती दिने कुर्सी बचाउन जनताको जीवन दाउमा राख्दै नेताहरु जनसागर उतारिरहेका छन्। त्यसको जिम्मेवार भोलि को?

जनहत्याको बीउ

सबैलाई जगजाहेर छ जनहत्याउन्मुख आन्दोलनरुपी जनसागरको उद्देश्य के हो? कुर्सीआरोहण र ढुकुटीकब्जा। एकजनाको सत्ताच्युत् र अर्कोको सत्ताआरोहण। भोलिपल्टबाट पुनः ढुकुटी आक्रमण र कब्जा।

हिजोको अँधेरो कोठामा एक्लाएक्लै गरेको अपारदर्शी सम्झौताको परिणाम। भागबण्डा नमिल्दाको नतिजा। दुईजना शीर्ष नेतृत्वबीचको घरझगडाले लाखौं मान्छेलाई संक्रमणको मुखमा र हजारौंलाई कालको मुखमा धकेल्ने योजना कति युक्तिसंगत र न्यायसंगत् हो हामी जनताले ठण्डा भएर निश्कर्ष निकालौं।

जवाफदेहिताको मृृत्यु

यस्तो जटिल कठिन र सम्वेदनशील घडीमा खोई शीर्ष नेतृत्वहरुको जवाफदेहिता? खोई प्रकृति, जनता, जल, जमिन, जंगल, जन्तुको माया? त्याग धेरै परको कुरा।

अंग्रेजी वर्ष सन् २०२० ले विश्वका व्यवस्थाहरुलाई कसी लगायो। प्रजातन्त्रको विकल्प के भनेर प्रश्न तेस्र्यायो। त्यसैगरी विश्व नेताहरुको एसिड् टेष्ट लियो। तर नेपालमा विश्वको त्यो सम्वेदनशील परिवेशलाई पूरै बेवास्ता गरेर कुर्सीको निश्कर्षहीन घरझगडा अनवरत चलिरह्यो।

दुईजना शीर्ष नेतृत्वबीचको घरझगडाले लाखौं मान्छेलाई संक्रमणको मुखमा र हजारौंलाई कालको मुखमा धकेल्ने योजना कति युक्तिसंगत र न्यायसंगत् हो हामी जनताले ठण्डा भएर निश्कर्ष निकालौं।

न्यायको लागि न्यायालयलाई उछिन्नेर जनसागर र जनआन्दोलनलाई गुहारियो। बेला न कुबेलाको बेमौसमी यी आन्दोलनहरु संक्रमणलाई घिउ। यो असम्वेदनशील नेतृत्वहरुको अक्षम्य र दण्डनीय अपराध हो। मानवजीवनको स्वास्थ्य र मानवता विरोधी अपराध हो। जवाफदेहिता मरेको प्रमाण।

महामारीको उत्कर्षमा यो वा त्यो कसैको आन्दोलन बहिष्कार गर्नु हामी सचेत नागरिकहरुको धर्म हो। शासकहरु निकम्मा र पागल हुन सक्दछन् तर जनताले महाभिरबाट फाल हाल्न सकिँदैन। न त भावी सन्ततीलाई नकरात्मक सोचको पीडक बनाउन सकिन्छ। सुन्दर शान्त मातृभूमिलाई भिरबाट गुल्टाउन पनि सकिँदैन।

श्रृङ्खलाबद्ध आन्दोलनहरुको सबैले खुलेर विरोध गर्नुको विकल्प छैन। राज्यका सम्पूर्ण संयन्त्रहरु, मानवअधिकारकर्मीहरु, न्यायमुर्तिहरु, स्वास्थ्यकर्मीहरु, राष्ट्रसेवकहरु र सबै सुरक्षा निकायहरु एवं सञ्चारकर्मीहरुले एक स्वर र एउटै लयमा भन्नुपर्दछ– आन्दोलनहरु जनहत्याका विषालु हतियार हुन्। संक्रमणका कारखाना हुन्। उद्देश्य र औचित्यहिन आन्दोलनहरुलाई बन्द मात्र होइन दण्डित गरौं। मानवताको रक्षा गरौं। देश र जनताको रक्षा कल्याण सम्मान गरौं।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *