‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक

डिसी नेपाल
१३ माघ २०७७ १२:२३

काठमाडौं। अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ। विशेषत कोरोना महामारीका कारण घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एपको शुरुवात गरेका हुन्।

उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले एपको विकास गरेको हो। सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार परिमार्जित भर्सनमा आएको यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन्। यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नाम, पोस्ट र च्याटलाई गोप्य राख्न सक्ने सुविधा छ।

‘घरमा बसिरहँदा भइरहने तनावलाई हटाउनका लागि हामीले यो एपको विकास गरेका हौं,’ विवेकले भने ‘यस्तो समयमा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन्।’

विवेकले इन्स्टाग्राममा जस्तै गरी यो एपमा प्रयोगकर्तालाई फलो गर्न सकिने बताए । ‘एपमा पब्लिक पोस्ट, सेक्रेट पोस्ट, विज्ञापन गर्न सक्नेलगायतका सुविधाहरु दिइएको छ’, उनले भने, ‘यसबाहेक तपाईंले कुरा गर्न चाहेका र मन मिल्ने शीर्ष साथीहरुको समूह बनाएर पनि कुराकानी गर्न सक्नुहुनेछ । यसमा मान्छेको नाम, उमेरलाई लुकाउने सुविधा पनि छ ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *