देशैभरी यसरी लगाइयो कोरोनाभाइरसविरुद्धको खोप (फोटाेफिचर)

डिसी नेपाल
१४ माघ २०७७ १५:४९

काठमाडौं । आजदेखि देशैभरी कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएको छ । पहिलो चरणको खोप अभियानमा पहिलो प्राथमिकतामा परेका वर्गलाई खोप लगाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियानको शुभारम्भ गरेका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको लडाई नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। गएको एक वर्ष कठिन रहेको स्मरण गर्दै उनले अब खोप प्राप्त भएपछि कोरोना विरुद्धको लडाइले नयाँ चरणमा प्रवेश गरेको जानकारी दिए।

 

प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेपछि देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, चालक, एम्बुलेन्स चालक लगायतलाई खोप दिइएको छ ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

नेपाल दक्षिण एशियामा कोरोनाविरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले अनुदानमा दिएको खोप पहिलो चरणमा लगाउन थालिएको हो ।

 

पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकाहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

 

पहिलो पटक खोप लगाएका टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाए ।

 

सबै तस्वीरः रासस

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *