द्रूतमार्गमा नेपाली सेनाको कार्य प्रगति (फोटो फिचर)
काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रूतमार्गको पछिल्ला तस्वीरहरु सार्वजनिक गरेको छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको द्रूतमार्ग निर्धारित समय सीमा भित्र निर्माण सम्पन्न हुने नेपाली सेनाले जनाएको छ।
अनुमानित १ सय ७५ अर्ब लागत रहेको द्रुतमार्गको निर्माण कार्य २०८०/८१ मा सम्पन्न हुने नेपाली सेनाले जनाएको छ। सेनाले पुस मसान्तसम्म १७ अर्ब ८३ करोडको लागतमा समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत भएको जनाएको छ।
७२ किलोमिटर लम्बाइरहेको द्रुतमार्गको चालु आर्थिक वर्षमा १६ दशमलब २९ प्रतिशत प्रगति हासिल गरिने नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार ३ वटा सुरुङमार्ग (६.४१किमी लम्बाई), पुलहरु (१०.५१ किमी लम्बाई), ढुङ्गामाटो काट्ने ÷ पुर्ने सडकको ५५.५ किलोमिटर लम्बाई सम्पन्न भएको जनाएको छ।









No ads found for this position

डिसी नेपाल
Facebook Comment