काेराेना विरूद्धकाे खाेप अभियान : धुलिखेल अस्पतालमा २९० जनाले खाेप लगाए

डिसी नेपाल
१४ माघ २०७७ १७:०५

काठमाडौं । धुलिखेल अस्पतालमा खोप अभियानको पहिलो दिन बुधबार (आज) २९० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले फ्रन्टलाईनर २९० जनालाई खोप लगाइएको जानकारी दिए।

प्रमुख ब्याञ्जुका अनुसार पहिलो चरणमा ३ हजार ६ सय जनालाई खोप दिइने भएको छ। उनले भने, ‘हामीले पहिलो चरणमा ३ हजार ६ सय जनालाई खोप लगाइने छ।’

व्यञ्जुले डिसीनेपालसँग भने, ‘आज हामीले धुलिखेल अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी लगायतलाई खोप दिइयो। उहाँहरुलाई अर्को डोज ४ हप्तापछि दिइने छ।’

काठमाडौं विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन राजेन्द्र कोजुले धुलिखेलमा पहिलो पटक कोरोना विरुद्धको खोप लगाएका हुन। यस्तै जनस्वास्थ्य विज्ञ नरेन्द्र झा लगायतले कोरोनाको खोप लगाएका थिए।

नगरपालिका प्रमुख ब्याञ्जुका अनुसार अर्को चरणमा सेना, प्रहरी, सामाजिक अगुवा र वृद्धवृद्धामा खोप लगाइने छ। जिल्ला जनस्वास्थ्य कार्यालयलाई १० हजार डोज कोरोना विरुद्धको खोप प्रमुख ब्याञ्जुले आजै हस्तान्तरण गरेका हुन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै खोप अभियानको उद्घाटन गरेका थिए। भारतले नेपाललाई उपहारमा दिएको १० लाख डोज कोभिसिल्ड खोप अक्सोफोर्ड युनिभर्सिटीले विकास गरकोे हो। भारतको सिरम कम्पनीले उत्पादन गरेको ‘कोभिसिल्ड’ १० लाख डोज मध्ये पहिलो पटक ४ लाख ३० हजारलाई लगाइँदै छ। १ जनाले २८ दिनको फरकमा २ डोज लगाउनुपर्छ ।

खोप अभियानका लागि देशभरका ६८ वटा जिल्ला अस्पताल तथा अन्य खोप केन्द्र गरी १२० खोप केन्द्र तोकिएका छन् । पहिलो चरणमा तोकिएका ४ लाख ३० हजार खोप डाक्टर तथा स्वास्थ्यकर्मी, स्वास्थ्यसँग सिधा सरोकार राख्ने नगरपालिकाबाट खटाएका सफाइकर्मी, एम्बुलेन्स चालक तथा सहचालक, शव व्यवस्थापन गर्ने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, वृद्धाश्रममा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय नाकामा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मी र जेलमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राखिएको छ । दोस्रो प्राथमिकतामा ५५ वर्षमाथिका महिला तथा पुरुषलाई राखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *