सिम्रौनगढ स्वास्थ्य शिविरमा १३९ बालबालिकाको उपचार

डिसी नेपाल
१५ माघ २०७७ ७:५०
48
Shares

काठमाडाैं । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका–५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन्। सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा र चन्दननाथ गणको सहकार्यमा शिविरमा जनरल चिकित्सा, दन्त सेवा, इसिजी, आँखाको उपचार सेवा प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानका पछि परेका समुदायले समेत निःशुल्क सेवा पाएको उक्त शिविरमा २७५ महिला, १८३ पुरुष र १३९ बालबालिकाले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा पुग्नेमध्ये पेट, हाडजोर्नी, दीर्घरोग, दम, छाला र मोतियाविन्दुका बिरामीको सङ्ख्या बाक्लो रहेको सेनाले जनाएको छ।

शिविरमा हाइपरटेन्सन र दमका रोगी, हाडजोर्नी भएका बिरामीलाई फलोअप परीक्षण र निःशुल्क औषधिसमेत वितरण गरिएको सेनाले जनाएको छ। उक्त शिविरमा ५१ ले दाँतको उपचार सेवा लिएकामा अधिकाशले सेनाले उपलब्ध गराएको सेवाको मुक्तकण्ठले प्रशंसा गरेका थिए। उक्त शिविरबाट सेनाले आगामी दिनमा त्यसखाले शिविरमा आँखा, जनरल फिजिसियन, हाडजोर्नीका थप सेवा र विशेषज्ञको आवश्यकता महसुस भएको जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *