के फेरि ओलीसँग सहकार्यको प्रयास गर्दैछन् प्रचण्ड? पावर ब्रोकरहरुको गतिविधि बढ्यो

मदन कोइराला
१५ माघ २०७७ १२:३८

काठमाडौं। चर्को आरोप प्रत्यारोप र तल्लोस्तरका गाली गलौजका शब्द वाणहरु प्रहार गर्दै एकअर्कालाई खुल्याइरहेका नेकपाका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको बाहिरी स्वरुपले पूर्वमाओवादी र पूर्वएमालेका कार्यकर्ताहरु एकअर्काबीच आक्रामक बनाउन उर्जा थपिरहेकै छ।

तर, के भित्रीस्वरुप पनि त्यस्तै छ? पछिल्ला कतिपय घटनाहरुले एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीसँग भित्र भित्रै सहकार्य खोज्न थालेका त होइनन्? भन्ने संकेत गर्न थालेका छन्।

केही व्यापारी र पावर ब्रोकरहरुका माध्यमबाट यी दुईबीच टेलिफोन संवाद भएको दावी गर्नेहरुका कारण पनि यी दुईको भित्रीस्वरुपप्रति फेरि आशंकाहरु थप भएका छन्।

गुट गुटलाई एकआपसमा भिडाएर मुलुकलाई अनिश्चयको भुमरीमा पारिरहेका यी दुई अध्यक्षहरुका बीचको संवादको पहलकर्ताहरुले आफ्नो पहलकदमी सफल भएको दावी गर्न थालेका छन्।

विगतमा भ्रष्टाचारजन्य कतिपय गतिविधिहरु र कतिपय भ्रष्टाचारीहरुलाई संरक्षण गरेकै कारण विवादमा पर्दै आएका प्रचण्डमाथि अनुसन्धानको डन्डा बर्सनसक्ने खतरा भएको भन्दै यी पावर दलालहरुले नै प्रचण्डलाई तर्साइरहेका छन्।

प्रतिनिधिसभा पुन:स्थापना नहुने निष्कर्षमा पुगेका दुवै नेताबीच आगामी चुनाव पछिको प्रधानमन्त्री प्रचण्डलाई बनाउने गरी प्रारम्भिक सहमति गराउनेमा पावर ब्रोकरहरुले मेहनत गरिरहेका छन्। प्रचण्डसँग सहमति गर्दा पूर्व माओवादी प्रचण्डसँगै नेकपामै फर्किने र पूर्व एमाले आफूसँगै रहने विश्लेषण गर्दै प्रचण्ड र आफू मिल्दा पार्टी अगाडि बढाउन सकिने र चुनावमा फेरि बहुमत ल्याउने बुझाइ ओली समूहको छ।

त्यसैगरी प्रचण्ड मिल्न आए माधव नेपाललाई मात्र एक्ल्याएर मोहनविक्रम सिंहजस्तो एक्लो बनाउन सकिने र पार्टीमा प्रचण्डलाई तर्साएरै अकण्टक राज्य गर्न सकिने तर्क दिएर यो दलाल टोलीले ओलीलाई उचालिरहेका छन्।

बुधबारका दुई घटना तथा मंगलबार ओली र प्रचण्डबीच फोन वार्ता भएको दावीका कारण नेपालको राजनीतिमा नयाँ तरंग आउने संकेत देखिएका हुन्।  बुधबारको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्को समूहका नेताहरुलाई फेरि एकजुट हुन आग्रह गरेका छन्। आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपाको मुलधारमा फर्किन गरेको आग्रहलाई महत्वपूर्ण संकेतका रुपमा हेरिएको छ।

नेकपा दुई समूहमा विभाजनपछि प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ हुँदा ओलीले पहिलो पटक प्रचण्डलाई फोन गरेका थिए। त्यसपछि मंगलबार दुई नेताहरुबीच फोन वार्ता भएको स्रोतले दावी गरेको छ। विश्वस्त स्रोतका अनुसार प्रधानमन्त्री ओली र दाहालका बीच पावर दलालहरुका माध्यमबाट मंगलबार साँझ कुरा भएको प्रचारमा आएको छ तर यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

सडकमा एकअर्कामाथि आक्रामक भाषा प्रयोग गरिरहेका दुई नेताबीच भएको फोन सम्वादले फेरि सहकार्यको सम्भावनालाई जीवित बनाइदिएको छ। यद्यपी फोनमा सहकार्यका लागि सहमति जुटिसकेको भने होइन।

मंगलबार प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको फोन संवादमा पुन सहकार्य गरेर जाने विषयमा छलफल भने भएको दावी गरिएको छ। अहिले पनि कानुनीरुमपा नेकपा विभाजित नभएको भन्दै दुवै नेताबीच सहमति गरेर जाने विषयमा छलफल भएको बताइन्छ।

ओली र प्रचण्डबीच फेरि सहकार्यको सम्भावना बाहिरी रुपमा नदेखिए पनि राजनीतिमा असम्भव भन्ने केही हुँदैन। र यही राजनीतिको अप्रत्यासित खेल ओली र प्रचण्डबीच हुने संकेतहरु देखिएका छन्। प्रचण्ड १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व कर्ता हुन्।

प्रतिनिधिसभा पुन:स्थापना नहुने निष्कर्षमा पुगेका दुवै नेताबीच आगामी चुनाव पछिको प्रधानमन्त्री प्रचण्डलाई बनाउने गरी प्रारम्भिक सहमति गराउनेमा पावर ब्रोकरहरुले मेहनत गरिरहेका छन्। प्रचण्डसँग सहमति गर्दा पूर्व माओवादी प्रचण्डसँगै नेकपामै फर्किने र पूर्व एमाले आफूसँगै रहने विश्लेषण गर्दै प्रचण्ड र आफू मिल्दा पार्टी अगाडि बढाउन सकिने र चुनावमा फेरि बहुमत ल्याउने बुझाइ ओली समूहको छ।

यसो गर्दा माधव नेपालको गुट बाहिर हुने र माधव नेपाल समूह बाहिर भयो भने पार्टीमा तेस्रो धार नहुने बुझाइ पनि ओली समूहको छ। पार्टीभित्रको आन्तरिक किचलोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले हठात प्रतिनिधिसभा विघटन गरेको झण्डै डेढ महिना बितेको छ।

यो बीचमा सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भइसकेको छ। यो बीचमा दुवै समूहले ठूला ठूला आमसभा गरेर एकले अर्को पक्षलाई खुइल्याउने काम गरेका छन्। प्रतिनिधिसभा विघटनको विषयलाई निहुँ बनाएर माधवकुमार नेपाललाई साथ लिएर प्रचण्डले ओलीमाथि कारबाही गरे।

र, नेकपा ओली समूह र प्रचण्ड–समूहमा विभाजित भयो। र विभाजनसँगै दुबै गुटका नेताहरुप्रति आक्रामक रुपमा गैरराजनीतिक चरित्र देखाउँदै गालीगलोजमा उत्रिए। पुस ५ यता दुवै समूह एकअर्का समूहका नेतामाथि आगो ओकली रहेका छन्। तर, निर्वाचन आयोगले नेकपाको विभाजनलाई अस्वीकार गरिदियो।

आयोगले दुई गुटमा भएको विभाजनलाई मान्यता नदिई पुरानै नेकपालाई मान्यता दिएपछि अहिले दुई गुटमा विभाजित भइसकेको नेकपा कानूनी रुपमा भने एकजुट नै छ। नेकपा अहिले यस्तो अन्योलमा फसिरहेका बेला तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले भने नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर तेस्रो समूह बनाएका छन्।

यस्तो परिस्थितिमा ओली र प्रचण्डबीच फेरि सहकार्यको सम्भावना बाहिरी रुपमा नदेखिए पनि राजनीतिमा असम्भव भन्ने केही हुँदैन। र यही राजनीतिको अप्रत्यासित खेल ओली र प्रचण्डबीच हुने संकेतहरु देखिएका छन्। प्रचण्ड १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता हुन्।

त्यसैले उनीमाथि द्वन्द्वकालीन मुद्दाको चाङ नै छ। संक्रमणकालीन न्यायमार्फत द्वन्द्वकालीन मुद्दाको समाधान गरिने बताइए पनि वृहत शान्ति सम्झौता भएको १४ वर्ष बितिसक्दा पनि ती समस्या समधान भएका छैनन्।

त्यसैले प्रचण्डलाई सँधै सत्ताको निकट रहनुपर्ने बाध्यता छ। सत्ताबाट टाढा भए द्वन्द्वकालीन मुद्दा लगाएर जेल हालिने हो कि भन्ने डरले उनीमा दह्रोसँग डेरा जमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *