ट्रान्सपरेन्सीको प्रतिवेदनले भन्योः नेपालमा भ्रष्टाचार बढ्यो

डिसी नेपाल
१५ माघ २०७७ १७:००
60
Shares

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)को प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको छ। भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकाङ्कमा नेपाल गत वर्षको तुलनामा झन् खस्किएको उल्लेख छ।

उक्त अन्तर्राष्ट्रिय संस्थाले बिहीबार सार्वजनिक गरेको भ्रष्टाचारको अवधारणा सूचकाङ्क (सीपीआई) अनुसार ३३ अङ्क प्राप्त गर्दै नेपाल ११७औँ स्थानमा छ। गत वर्ष नेपाल ११३ औँ स्थानमा थियो।

दक्षिण एशियाबाट भुटान सबैभन्दा माथि २४ औँ स्थानमा र अफगानिस्तान १६५ स्थानमा छन्।

कुल १८० देशमध्ये न्यूजील्यान्ड र डेनमार्क ८८ अङ्कसहित शीर्ष स्थानमा छन्।

दक्षिण एशियाको स्थिति

भुटान – २४ औँ स्थान

माल्दिभ्स – ७५ औँ स्थान

भारत – ८६ औँ स्थान

श्रीलङ्का – ९४ औँ स्थान

नेपाल – ११७ औँ स्थान

पाकिस्तान – १२४ औँ स्थान

बाङ्ग्लादेश – १४६ औँ स्थान

अफगानिस्तान – १६५ औँ स्थान

यसअघि गत नोभेम्बरमा टीआईको बर्लिनस्थित मुख्यालयले एशियाका १७ देशहरूमा गरिएको एउटा अध्ययनमा आधारित भ्रष्टाचारसम्बन्धी प्रतिवेदनमा पनि नेपालमा भ्रष्टाचार झन् बढेको उल्लेख गरिएको थियो। नेपाल सरकारले भने त्यसको विरोध जनाउँदै सो प्रतिवेदनको निष्कर्ष खारेज गरिएको बताएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *