मलाई जुन कुराले क्लिक गर्छ, त्यसैलाई कविता बनाएर लेख्न थाल्छु : सरस्वती ज्ञवाली – Dcnepal

मलाई जुन कुराले क्लिक गर्छ, त्यसैलाई कविता बनाएर लेख्न थाल्छु : सरस्वती ज्ञवाली

सरस्वती ज्ञवाली नेपाली साहित्यमा आकासको अर्को परिचित नाम हो। पाल्पामा जन्मिएर गुल्मीमा विवाह गरेकी उनको ‘लालटिनको उज्यालोमा’ आत्मकथा नेपाली साहित्य बजारमा छ।

४ वटा संस्करणसम्म उक्त पुस्तक बजारमा आएको छ। साहित्यकार ज्ञावलीको ‘स्वाभिमान’ कविता संग्रह पनि बजारमा छ। गत मंसिरको १८ गते आफ्नो बैवाहिक वर्षगाठको अवसरमा सार्वजनिक उक्त स्वाभिमान’ कवितासंग्रहमा राजनीतिक र सामाजिक भोगाइका विषयलाई कवितामा उल्लेख गरेकी छन्।

सरल जीवनशैलीमा रमाउने सरस्वती ज्ञवाली भयो भन्दैमा तडकभडक गर्न मन नपर्ने बताउँछिन। ‘रोडमा हिन्दा ठोकिन्छन तर, मन्त्रीको श्रीमतिहो भनेर चिन्दैनन्’ उनले भनिन्, ‘मानिस सदावहार हुनुपर्छ।’

पञ्च्यायती व्यवस्थाको विरुद्ध, नारी दिवमा गीत गाएवापत प्रहरीले खोजी गरेकी ज्ञवालीका २०५२ सालबाट नै कविता सार्वजनिक हुन थालेका हुन्। ५२/५३ तिर बुटवलमा हुँदा लुम्बिनी पत्रिकाबाट उनका धेरै कविताहरु सार्वजनिक भएका छन।

उनै ज्ञवालीसँग डिसीनेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादिन अंशः

कविता कहिलेदेखि लेख्न सुरु गर्नु भयो ?

मैले कविता २०५२/५३ सालबाट लेख्न सुरु गरेकी हुँ। दैनिक लुम्बिनीमा पनि मेरा धेरै कविताहरु छापिएका थिए। बीचमा मैले लेख्न छोडेकी थिएँ। पुनः ०७२/७४बाट सुरु गरेकी हुँ।

राजनीति गर्नु हुथ्यो। साहित्यकार हुनु भएको छ। कसरी यो क्षेत्रमा आउनु भयो ?

म आफूलाई साहित्यकार त भन्दिन। र साहित्यकार हुन्छु जस्तो पनि लाग्दैन। पहिला राजनीति गरे पनि घरमा बसिरहने मान्छे, सबैले के गर्नु हुन्छ ? भनेर सोध्न थाल्नु भयो। पहिला गरेर पनि केही नगरेको जस्तो, केही थाहा नपाए जस्तो, भएर बस्नु पर्दा खेरी, मैले पनि केही गरेकी थिएँ।

मेरो पहिचान पो भएन भन्ने भयो। धेरैका कथाहरु, आत्मकथाहरु बढ्न थाले। त्यो पढ्दै गर्दा ए यस्तो पो हुँदो रहेछ झैं लाग्यो। यस्ता कुरालाई पो आत्मकथा भनिँदो रहेछ। मेरा पनि धेरै कुराहरु छन् भन्ने लाग्यो। र आत्मकथा लेख्न थालेँ। यसरी यो क्षेत्रमा आएकी हुँ।

आफू भूमिगत हुँदा देखि पार्टीमा दिनु भएको योगदानसम्म लेख्नु भएको छ आत्मकथामा?

त्यत्रो वर्षको सबै कुरा त के समेटिन सकिन्थ्यो र मोटामोटी रुपमा लेखेकी छु।

गीत पनि गाउनु भयो। यहाँले त्यो बेलामा नै बतासे डाडाँमा गएर गीत गाएको भन्नु भएको छ। त्यतिबेलाको समाज, त्यसमाथि पनि छोरी मान्छे कसरी सम्भव भयो त ?

पञ्च्यायती कालमा सायद ३८/३९ साल तिरको कुरा हो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रचलन थियो। कतिऔं हो भन्ने त बिर्सिएँ। तर, पुष्पा रायमाझी र मैले प्रगतिशिल गित गाएका थियौं। ‘बैशाखे मुना हुरीले लग्यो अनायासै चुँडेर’ भन्ने गीत गाएका थियाैं। तत्कालीन छलफल भन्ने पत्रिकामा नाम आएछ मेरो, बहिनीहरुको पनि थियो। त्यसपछि प्रहरीद्वारा खोज्ने काम पनि भयो।

प्रगतिशिल गीत गाएको भनेर प्रहरीले खोज्यो त यहाँहरुलाई ?

होइन, नारी दिवस मनायो भनेर हो। पञ्च्यायती व्यवस्थामा सरकारले आफ्नो तरिकाले मनाउँथ्यो नारी दिवस भनेर। हामीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनायौं। श्रमिकहरुको हकहित र अधिकारका लागि आवाज उठाएको दिन भनेर मनायौं। सायद सरकारको इच्छाविपरित मनाएको भएर होला।

यहाँको कविता चोरी भएको प्रसंग सुनाईदिनुस् न ?

लुम्बिनी पत्रिकाबाट मेरो कविता लिन आउँदै थिए। मैले कविता लेखेर ब्यागमा राखेको अरुले देखेका थिए। अन्त छापिएको थाहा भएन। तर, कविता ब्यागबाट झिकेर दिन्छु भन्दा छैन। त्येतिबेला मलाई मेरो कवितामा केही त रैछ झै लाग्यो। र कविता लेख्नु पर्छ भन्ने उत्साह मनभित्र आयो।

यहाँले गएको मंसिरमा सार्वजनिक गर्नु भएको कविता संग्रह स्वाभिमानमा समाजवादीय नारीवादको झल्को आउछ भनिन्छ नि?

नारीवादका कुरा धेरै आउँदैनन्। मैले महिलाहरुका कुरा, दुःख, पीडा र अधिकारका कुरामा कलम चलाउने हो। उनीहरुको हक अधिकारका बारेमा सचेतना फैलाउने गरी लेख्ने हो। मैले बुझेको के हो भने हामी एक्लैले मात्र केही गर्न सकिँदैन। पुरुष र महिलामा एउटामात्र अगाडि बढेर समाज परिवर्तन हुँदैन। मैले समाजमा नारी र पुरुषकाबीच कायम भएको दूरीलाई कम गर्ने कोशिस गरेकी हुँ।

यहाँलाई मन परेको एउटा कविता यतिबेला डिसी नेपालका पाठकका लागि…

नियति आयौं गर्भमा जव तिमी कति उत्साहित थियौं

हामी सन्तान सुखको कल्पना गर्दै,

सुन्दर स्वस्थ्य मुटुमा प्राण भर्दै एउटा सपना देख्दै थियौं,

जव पेटमा खेल्दै थियौ तिमी तिम्रै भविष्यको कल्पना गर्दै

आफैंभित्र हराउँथ्यौ हामी,

पेटका तिम्रा प्रत्येक चालले हाम्रो जीवनमा

नयाँ उर्जा भरे झैं लाग्थ्यो ।

जव खुसिले लात्ती हान्दै थियौ

तिमी एकदिन पेटभित्रै रमाउँदै गरेको बेला,

नियतिले कसरी खेलेछ खेल दिन ढल्किँदै गरेको बेला

लाग्छ हाम्रो सपनाको फूलवारीमा कसैले डढेलो झोसिदिएको छ

कुनै गल्ती त थिएन हाम्रो

तर,विना गल्तीको सजाय दिँदै हाम्रो खुसी कसैले खोसिदिएको छ।

मैले यो कविता छोरीको सम्झनामा लेखेकी हुँ। साँझ ५ साढे ५ तिर म लडेकी थिएँ। त्यो बेलाको कल्पना गरेर लेखेकी हुँ। यो यथार्थ कविता हो जीवनको।

साहित्य लेखन कसरी सुरुवात गर्नुहुन्छ ?

जव मलाई कुनै कुराले छुन्छ तब लेख्ने गर्छु। मैले काम गर्दै गरेको बेला पनि मैले त्यही पकाउने कुरामा मात्र ध्यान हुँदैन। म आफै को हुँ भन्ने हुन्छ। जव समाचार सुन्छु। देशमा भइरहेका घटनाक्रमले छुन्छ।

अलिकति विकृतिहरु सुन्छु। मलाई तत्कालै आउँछ। मैले धन भन्ने कविता पनि छोरीलाई नुहाइदिँदा, सुनेको समाचारलाई आधार मानेर लेखेकी हुँ। मन्त्रीहरुको सम्पत्ति विवरण आएको थियो। त्यो समाचारले मलाई औडा भएर आयो।

म छोरीलाई कपडा लगाउन अरुलाई नै लगाएर तत्काल लेखेको हो। जति धन भए पनि काल रोकिँदैन सुनै माथि सुतेपनि लाज छोपिदैँन किन होला धन भन्दा मरिहत्ये गर्ने कालो होस या सेतो थुपार्नु नै पर्ने सामान्यतः नेपालमा मन्त्री तथा सांसदको श्रीमतिलाई रजगजमा देख्न पाइन्छ।

यहाँका समकक्षीहरुका अनुसार सधैं सदावहार हुनु भयो। अहिले पनि सरल जीवन शैलीमा नै हुनुहुन्छ। अरुजस्तो किन मन नपरेको?

अप्ठेरोे प्रश्न गर्नु भयो। मैले यसलाई सामान्य लिन्छु। हरेको आफ्नो आफ्नो विचार हुन्छ। रुची हुन्छ। कसैलाई श्रीमानले गरेको पौरखमा रमाउन मन लाग्छ। कसैले त्यसलाई सामान्य ठान्छन। मैले पनि सामान्य नै ठान्छु। पदमा गएर ठूलो हुने भनेको पद रहँदासम्म मात्र हो।

त्यसपछि हामी जहाँबाट गएका थियौं त्यही नै हुने हो। पद हुँदासम्म तामझाम गर्नु पर्ने,पद छोड्दाको दिन निरीह हुनु पर्ने त्यो मलाई राम्रो लाग्दैन। मान्छे सधैं एकनासको हुनुपर्छ। कहिलै अधेँरी कहिलै उजेली जस्तो कुरा मलाई मन पर्दैन।

यहाँले साहित्य लेख्नु हुन्छ। श्रीमानले राजनीति गर्नु हुन्छ। साहित्य र राजनीतिक विचारलाई कसरी समायोजन गर्नु हुन्छ ?

विचारले नै लेखाउने हो। म पनि राजनीति गरेको मान्छे, म मा पनि राजनीतिक विचार छ। मैले आफ्नो विचार र आस्था अनुसारको पनि लेखेकी छु। विचारले साहित्य लेखनलाई अझ मलजल पुग्ने गर्छ। राजनीतिक विचारले नै लेख्न प्रेरित गरिरहेको हुन्छ।

साहित्यमा लाग्न प्रेरण कसरी पाउनु भयो ?

म राजनीतिमा नलागेको भए त्यो बेलामा प्रगतिशिल गितहरु गुनगुनाउने मौका पाउँथेन होला। राजनीतिले समाज र साहित्य सबैतर्फ उत्पे्ररित गर्यो। मेरो पढेको विषयले पनि मलाई साहित्य तर्फ लाग्न उत्प्रेरित गरिरह्यो। सानै मा पनि अरुले गाउँछ गीत नेपाली भन्ने कविता लय हालेर पढ्दा साह्रै रमाइलो लाग्थ्यो। म स्कुल पनि जान थालेकी थिइन्।

ओहो किताबमा त यस्तो पो हुँदो रहेछ, यति रमाइलो पो हुँदो रहेछ भन्ने लाग्थ्यो। साहित्यकारहरुको नाम सुन्दा उहाँहरु त ठूलो पो रैछ जस्तो लाग्थ्यो। यी र यस्तै कुराले पनि साहित्य तर्फ मोडेको हो।

साहित्यमा लाग्ने पछिल्लो पुस्तालाई के सुझाव दिन चाहानु हुन्छ। हरेक क्षेत्रमा हुने अफ्ठोराहरु, चुनौतीहरु साहित्यमा पनि छन्। कथा उपन्यासहरु काल्पनिक पनि लेखिन्छन् होला, आत्मकथा लेख्दा एउटा सिंगो समाजले हरेक गतिविधिलाई जज गरिरहेको हुन्छ।

ढाटेर लेख्न मिल्दैन जवाफदेयी हुनुपर्ने हुन्छ। कवितामा पनि भाषाशैली, नियम भित्र रहनु पर्ने लगायत धेरै कुरा सिक्नु पर्ने हुन्छ। मेरो अनुभवले आएको कुरा लेख्दै जाँदा खारिँदै जान्छ र साहित्य हुन्छ झैं लाग्छ।

साहित्यमा लाग्दाका फाइदा र बेफाइदाहरु के के छन्?

बेफाइदा त केही पनि देख्दैन मैले। आफूले सबै कुरालाई सकारात्मक बनाउँन सकिन्छ। कमीकमजोरी छन भने पनि सुधारर्दै जानु पर्छ। फाइदा नै हुन्छन् वेफाइदा हुँदैनन्।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो