आँखा दान र मिर्गाैला दान

डिसी नेपाल
१७ माघ २०७७ ८:२६
88
Shares

धेरै वर्षपछि झलकबहादुर लिम्बू र बुद्धिबहादुर थापा मगरको भेट भयो। बालसखा, स्कूलदेखि कलेजसम्म सँगै पढी बीए पास गरेका। सुखदुखका कुरा साटासाट हुने नै भयो।

झलक! के छ घरमा ? बा, आमा, भाउजु र छोराछोरी सबैलाई आरामै छ, हैन ? बुध्दिले सोध्यो। बा खसिहाल्नु भो। अरु सबैलाई सञ्चै छ। बरु तेरो के छ नि? सबैलाई सञ्चै छ, हैन? झलकले पनि सोध्यो।

मेरो पनि बा खसिहाल्नु भो। अरु सबैलाई ठीक छ , बुद्धिले भन्यो। के भएर खस्नुभो त बा? झलकले सोध्यो।

अचानकै खस्नु भो। छाती दुख्यो छाती दुख्यो भन्नु भो। अस्पताल त पुरायौं तर धेरै बेर बाँच्नु भएन। दानी बुढा, मर्ने बेलामा पनि मलाई भन्नु भो ‘छोरा! मेरो आँखा नेत्रज्योति अस्पताललाई दान गरिदिएस् है। त्यो अस्पतालले मेरा मोतीबिन्दु भएका दुबै आँखा अपरेसन गरेर फेरि यो संसार देख्ने बनाइदियो। देख्ने भएपछि त्यही अस्पतालको बोर्डमा ‘आँखादान महादान’ लेखेको पढें ।

आफू मरे पनि आँखा हत्तपत्त मर्दा रैनछन्। मेरा दुवै आँखा राम्रोसँग नदेख्ने दुई जनालाई दान गर्दा कति ठूलो पुण्य कामइने रहेछ। दान गरिदिएस है छोरा’। हामी परिवारले पनि बाको इच्छा पूरा गर्न नेत्रज्योति अस्पताललाईनै बाका आँखा दान गर्यौं, बुद्धिले भन्यो।

बुद्धि’ बाका आँखा त दान गरे छौ। राम्रै गर्यौ। झलक भन्दै गयो–हेर, एक दिन म पनि आँखा जचाउन त्यै नेत्रज्योति अस्पतालमा गएको थिएँ। पालोमा बस्दा दुई जना बुढा आपसमा गफ गर्दै थिए। एउटा बुढाले भन्यो, ‘के गर्नु हजुर! एउटा आँखा फेरेको तीन लाख पर्यो। तीन लाख परेपनि एउटै आँखाले भएपनि राम्रोसँग देख्ने चाँही भएँ।

अर्को बुढााले थप्यो ‘मेरो पनि त एउटा आँखा फेर्न तीन लाख पर्यो। यहाँको रेटै तीन लाखको रैछ। अन्धो हुनुभन्दा तीन लाखनै सही देख्ने त भएँ। ‘बुद्धि! मेरा बा खस्ता पनि त सरकारी अस्पतालको एक जना डाक्टरले मलाई भने ुहेर्नोस् तपाईँको बा त बितिहाल्नु भो तर उहाँका दुबै आँखा र दुबै मिर्गौला अहिलेसम्म काम लाग्ने अवस्थामा छन्।

तपाईँले दान गर्नुभयो भने दुई जनाले फेरि यो संसार देख्न पाउनेछन र दुई जना मिर्गौला पीडितले पुनर्जीवन पउनेछन्। यति बुभ्mनोस, एक जना बाले चार जनाको कल्याण गर्नुहुनेछ। के गर्नुहुन्छ’ ? मैले पनि बा त गैहाल्नु भो, चार जनाको कल्याण हुन्छ भने किन दान नगर्ने भनी हुन्छ भनेँ’ झलकले भन्यो।

ती डाक्टरले तुरुन्तै नेत्रज्योति अस्पताल र जीवनदायी अस्पताललाई फोन गरे। आँखा र मिर्गौला लिन सम्बन्धित डाक्टर पनि आइहाले।
अनि बुद्धि! मेरा एक जना साथीका बा मिर्गौला पीडित थिए र बेलाबखत डाइलेसिस गराइ रहनुपर्ने हुनाले जीवनदायी अस्पतालमै भर्ना थिए। संयोगबस् मलाई पनि साथीसँगै उसका बालाई हेर्न जाने मौका पर्यो। कुरैकुरामा साथीले मलाई भन्यो झलक! एक दिनको कुरा हो,

ब्यापारीजस्ता देखिने दुई जना कुरा गर्दै थिए। एक जनाले भन्यो,‘आमिर शेख! भारतमा भए एउटा मिर्गौला फेर्नलाई भारु बीस लाख पथ्र्यो, यहाँ नेपालमा भने पन्ध्र लाखमै काम बन्यो र मेरो छोराको मिर्गौला फेर्ने काम पनि भगवानको कृपाले सफल भयो।’

‘धनपत सेठ! अल्लाह मालिक। मेरो छोराको पनि राम्रैसँग मिर्गौला फेरियो। नेपालमा पनि जीवनदायी अस्पतालले मिर्गौला फेर्ने काम गरेकोमा हामी नेपालीको धेरै पैसा र समय जोगिएको छ। नत्र पैसाको मुख नहेरिकन भारतमै जान कर लाग्थ्यो,’ आमिर शेखले भन्यो।

अनि ती साथी भन्नथाले झलक! मैले कताबाट पन्ध्र लाख जस्तो यति ठूलो रकम जुटाउनु र बाको मिर्गौला फेर्नु। धनपत सेठ र आमिर शेख जस्ता ब्यापारीका लागि पन्ध्र बीस लाख रुपिया भनेको फास्स न फिस्स।’ अनि बुद्धि! म झसङ भएँ। हामीले दान गरेका आँखा र मिर्गौला अस्पतालले कसरी बेच्ता रहेछन्, झलकले भन्यो।

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *