प्रचण्ड–माधव समूहले बैठक बोलाएपछि ओलीले समूहले भन्यो : नेकपाको बैठक बोलाइएको छैन

डिसी नेपाल
१८ माघ २०७७ २३:०८
160
Shares

काठमाडौं। सत्तारुढ दल नेकपा दुई समूहमा विभाजन भएसँगै दुबै समूहले छुट्टा छुट्टै गतिविधी गर्दै आएका छन्। यहीक्रममा प्रचण्ड–माधव नेतृत्वको नेकपाले सोमबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सो समूहले केन्द्रीय कमिटी बोलाएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली नेतृत्वको नेकपाले भने केन्द्रीय कमिटी बैठक नबोलाइएको बताएको छ। ओली समूहका कार्यलय सचिब ईश्वरी रिजालले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै बैठक नबोलाइएको बताएका छन्। उनले नेकपाको विधान अनुसार महासचिब विष्णु पौडेलले मात्र बैठक बोलाउन सक्ने भन्दै पौडेलले बैठक नबोलाएको बताएका छन्।

स्मरण रहोस नेकपा दुई गुटमा विभाजित भए पनि दुबै गुटले पार्टी विभाजन नभएको भन्दै आएका छन्। र निर्वाचन आयोगले पनि पार्टी विभाजन नभएको निर्णय दिएको छ। तर, दुबै गुट फरक फरक गतिविधिमा सक्रिय भएकाले नेकपाको अवस्था अहिले ओली समूह र प्रचण्ड–माधव समूहमा केन्द्रित भएको छ। निर्वाचन आयोगले भनेअनुसारको ओली र प्रचण्ड अध्यक्ष भएको ४४१ सदस्यीय नेकपा अहिले कतै देखिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *