म्यानमारकी नेतृ सुकी मध्यरातमा पक्राऊ, सैनिक ‘कू’ को आशंका

डिसी नेपाल
१९ माघ २०७७ ६:०८
452
Shares

काठमाडौं । म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ्ग साङ्ग सुकीलाई त्यहांको सेनाले पक्राउ गरेको छ । उनीसमेत त्यहांका अन्य थुप्रै नेताहरुलाई पक्राउ गरिएको विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
गएराति म्यानमार निर्वाचित जनप्रतिनिधिहरुमाथि भएको धरपकडले सो मुलुकमा फेरि सैनिक कू भएको आशंका गरिएको छ । सुकीको पार्टीका प्रबक्ता मायो न्युन्टलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार सुकीसहितका नेताहरुलाई त्यहांको सेनाले पक्राउ गरेको हो । उनीसंगै त्यहांको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेशीका अन्य नेताहरु पनि पक्राउ परेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ । पक्राउ गरिएका नेताहरुलाई सेनाले कहां र कसरी राखेको छ भन्ने कुरा कतै उल्लेख गरिएको छैन । गएको मध्यरातमा भएको धरपकडको अर्थ म्यान्मारको सेनाले सैनिक कू नै गरेको हो कि भन्ने आशंका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले गरेको भए पनि यो समाचार तयार पार्दासम्म त्यहांको सेनाले यसबारे कुनै धारणा सार्वजानिक गरिसकेको छैन ।
समाचारअनुसार, गएको नोभेम्बर महिनामा भएको संसदीय निर्वाचनमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेशी(एनएलडी) ले त्यहांको सरकार संचालन गर्न पर्याप्त पुग्ने गरी संसदमा बहुमत हासिल गरेको थियो । तर त्यहांको सेनाले सो चुनावलाई जालसाझीपूर्व भएको प्रतिक्रिया दिएको थियो ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार, नव निर्वाचित संसदको अबिधेशन आज सोमबारदेखि शुरु हुनुपर्ने थियो । तर, यसपूर्व नै मध्यरातमा सेनाले धरपकड गरेको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *